
`केपीबा´काे अनाैठाे नाटक : के के गरे खड्ग प्रसादले ?
केपीबाकाे अनाैठाे नाटक ..
पहिलाे दृष्यः
चुनाव जित्न वाम गठबन्धनकाे, अनि प्रधानमन्त्री बन्न पार्टी एकताकाे नाटक मञ्चन गरे ।
दाेश्राे दृष्य :
प्रधानमन्त्रीमा टिक्न अनेक बार्गेनिङ गर्दा पनि स्वार्थ पुरा नभएपछि प्रचण्डलाइ कार्यकारी अध्यक्ष बनाउने सम्झाैता गरे, त्याे सम्झाैता ताेडेर पार्टी फाेडने षडयन्त्र गरे ।
तेश्राे दृष्यः
शुरूमा पार्टी कब्जा गर्न खाेजे, अनेक चाल चाल्दा पनि झलनाथ खनाल, माधव नेपालहरूले त्यसमा साथ दिएनन्, उनी पार्टीकाे केन्द्रीय समितिमा नै अल्पमतमा परेपछि संसद विघठन गरेर चुनावकाे घाेषणा गरे ।
चाैथाे दृष्यः
सर्वाेच्च अदालतले नै संसद विघटन तथा चुनाव घाेषणा खारेज गरेर संसद पुनस्थापना गरेपछि उनकाे राजनीतिक जीवनमा चरम संकट पैदा भयाे । त्यसबाट बच्न षडयन्त्रकाे अर्काे तानबाना बुने र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) साेही अदालतबाटै ऋषि कट्टेललाइ बुझाए , बैधानिक रूपमै पार्टी फुटाए । एमाले पुरै कब्जा गरेर झलनाथ खनाल, माधव नेपालहरूकाे उछिताे काडे ।
पाचाैं दृष्यः
संसदबाटै बरखास्तीमा परेका मान्छे अहिले फेरी राज्यबल दुरूप्रयाेग गरेर, झलनाथ खनाल, माधव नेपालहरूकाे कमजाेरीकाे फाइदा उठाएर, विदेशी प्रभूकाे कृपामा तेश्राे पटक प्रधानमन्त्री बने ।
