को सँग के छ ? (कविता)

विजयदेव भट्टराई
काठमाडौं

ऊ संग
एक थान हिहि छ (सपथ खुवाउने)
केही थान ओम्नी बैध र यतीहरू छन्
केही थान प्रतिगमनका अश्त्र शस्त्र छन्,
अपहरण धाक धम्की र प्रलोभनहरू छन्
एक थान उनैले च्यातिदिएको संबिधान छ
केही थान अध्यादेशहरू छन्
केही थान संबैधानिक आसेपासे पारिवारिक पदाधिकारी छन्
अब त
केही थान पुक्क हानेका संधर्षको मैदानमा नथाकेका र साईवर स्याल भनेर भाषण गर्न जानेका नी भए क्यार
केही थान बधाई छ
यस्तै यस्तै फगत के के पो छ , छ त अझ
थुप्रै नागरिकका पीडा चित्कार आँसु र लाशहरूको चिहान माथी ठडिएको एक थान सत्ता छ।
तर,
हामी सँग फाल्गुन २८ मा प्रतिगमन मुर्दावाद भनेका
लाखौ नागरिकका साथ र आवाजहरू छन्
तिनै नागरिकका अथाह जिम्मेवारीहरू छन्।
संगै अलपत्र परेको बाम घोषणा पत्र छ।
🙏 घन्यवाद !