
गण्डकीमा कोरोनाबाट दुईजनाको मृत्यु
गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट सोमबार दुईजनाको मृत्यु भएको छ । तनहुँ र कास्कीका एक-एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो ।
तनहुँको शुक्लागण्डकी नगरपालिकाका ५१ वर्षीय पुरुषको चरक मेमोरियल अस्पतालमा मृत्यु भएको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए । ती पुरुषमा यही चैत २३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
