झलनाथले भने : १४ बर्ष जेल बसेको मान्छे सुध्रियो होला भनेको उस्तै रहेछन्

मूलखबर संवाददाता
काठमाडौं, १४ पुस ।

नेकपाका वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनालले केपी ओली १४ वर्ष जेल बस्दा पनि नसुध्रिएको भन्दै आलोचना गरेका छन् । संसद घिटन गरी प्रतिगमनतर्फ देशलाई लैजान भुमिका खेलेको भन्दै नेकपाले आज आयोजना गरेको राजधानीको विरोध सभामा बोल्दै नेता खनालले भने, ‘सडकमा आउन हाम्रो रहर होईन । ओली जस्तो तानाहाशाहका विरूद्व सडकमा आउन बाध्य भएका छौं । ओलीले संविधानको बलत्कार गरेका छन् ,यसका विरूद्व सडकमा आएका छौ।

उनले भने ओलीको तानाशाही प्रवृत्ति विरुद्ध संघष निरन्तर चल्छ । उनले भने बालुवाटारमा तानाशाहि गुट बस्छ । त्यसले जनमतको घात गरेको छ । उनले विजय नेकपाको हो । नकि ओलीलाई दिएको थियो भोट ।लोकतन्त्रमाथि हमला गरेको छ । आजबाट आन्दोलन सुरू भएको । आधिकारी पाटी यो हो , नेकपा हो । यो पार्टी को चुनाव चिन्ह सुर्य हाम्रो हो ।

उनले भने – हामीलाई आस्न्का थियो । १४ बर्ष जेल बसेको मान्छे सुध्रियो होला भनेको मानेन् । बालुवाटार पुगेपछि ओलिले पार्टी बिर्सनु भयो । क्याबिनेट ,प्लािनङ कमिसन एकलौटी रुपमा बनाउनु भयो । गफ गरेर ओलीले समय बिताए ।नेपाली जनताको घरघरका ग्यास पुगेन । उनको घरमा पुगेको होला । मरिचमानले जति पनि ओलीले काम गरेन । तर ओलि भन्थे मेरो काम देखेर चकित भएको छ। धरहरा रानीपोखरी ओलिले होईन कालिगडले बनाए।हामीले बेरोजगार,अशिक्षा उन्मुलन गर्नु पर्यो । समाजवाद मा जाने बाटो मा जान चाहेनेन।