कांग्रेसले भन्याे – अाेली कदम सर्वसत्तावादी र निरंकुश

मूलखबर संवाददाता
काठमाडौं, ५ पुस

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले केपी शर्मा ‌ओली नेतृत्वको सरकार सर्वसत्तावादी र निरंकुश बाटोमा गएको निष्कर्ष निकालेको छ।

सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको बैठकले सरकारले संसद विघटन गर्नु बदनियतपूर्ण कार्य भएको बताएको हो।

‘यो घटना नेपाल कम्युनिष्ट पार्टीको सरकारको घोर अधिनायकवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी चरित्रबाट उत्पन्न लोकतान्त्रिक मूल्य, मान्यता र संवैधानिक व्यवस्था प्रतिकुल बदनियतपूर्ण निन्दनिय कार्य हो।     सरकारले गरेको यो निर्णयले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान भत्काउने र मुलुकलाई अस्थिरता, अनिश्चितता, अराजकता र असफलतातर्फ लैजाने गम्भीर षडयन्त्रमूलक काम गरेको छ’ बैठकपछि कांग्रेसले निकालेको विज्ञप्तिमा भनिएको छ।