अख्तियारका पुर्व अायुक्त बस्न्यात पुर्पक्षका लागि जेल चलान
विषेश अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको घटनामा दोषी देखाउँदै विशेष अदालतले
आइतबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको अदालतका उपरजिस्ट्रार पुष्पराज पाण्डेयले जानकारी दिए ।
भूमिसुधार मन्त्रालयको सचिव भएका बेला सरकारी जग्गा हिनामिनामा उनको भूमिका रहेको आरोप छ । ९ करोड ६५ लाख रुपैयाँ विगो माग गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इलजासले बस्न्यातलाई थुनामा पठाउने आदेश दिएको हो ।
उनलाई डिल्लीबजार सदरखाेर चलान गरिएको छ ।