किन गए कांग्रेस नेता शेखर काेइराला दिल्ली ?
कांग्रेस नेता डाक्टर शेखर कोइराला नयाँ दिल्ली प्रस्थान गरेका छन् । उनी बुधबार नयाँ दिल्ली प्रस्थान गरेको कोइरालाको निजी सचिवालयले जनाएको छ । नेपालमा राजनीतिक अस्थिरता बढ्ने संकेत देखिएका बेला काेइराला दिल्ली गएपछि राजनीतिक वृत्तमा चासाे बढेकाे छ । निजी सचिवालयका अनुसार कोइराला दिल्लीमै बसेर व्यवसाय गर्दै आएका आफ्ना दाजु निरञ्जन कोइरालाको स्वास्थ्य बिग्रिएका कारण त्यता गएका हुन् ।
‘‘डाक्टर कोइराला नयाँ दिल्लीमा दाई निरञ्जन कोइरालाको स्वास्थ्य अवस्था गम्भीर रहेको भन्ने जानकारीपछि आकस्मिक रुपमा त्यता लाग्नुभएको हो,’’ कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले भने, ‘‘निरञ्जन दाइलाई कोरोना संक्रमण भएपछि अस्पतालमा उपचारका क्रममा हुनुहुन्छ र उहाँको स्वास्थ्य गम्भीर छ भनेर जानकारी आएको छ ।”