अब प्रेस प्रतिनिधि पास जिल्ला हुलाकबाटै पाइने : सूचना विभाग धाउनु नपर्ने

मूलखबर संवाददाता
काठमाडौं

अबदेखि पत्रकारले हुलाक कार्यालयबाटै प्रेस प्रमाणपत्र लिन वा नवीकरण गर्न पाउने भएका छन्। यसअघि प्रेस प्रतिनिधि प्रमाणपत्र लिन काठमाडौंमा आइपुग्नुपर्ने बाध्यतालाई  अन्त्य गर्दै सरकारले सम्बन्धित जिल्लाबाटै प्रेस पास लिन पाउने निर्णय गरेको हो।    पत्रकाहरुले जिल्ला हुलाक कार्यालयबाटै प्रेस प्रतिनिधि प्रमाणपत्र लिन वा नवीकरण गर्न पाउने भएका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्रीले सूचना विभागका महानिर्देशकको अधिकार प्रत्यायोजनको निर्णय गरेका हुन् ।

अब प्रेस प्रतिनिधि प्रमाणपत्र लिन जिल्ला हुलाक कार्यालयमा निवेदन दिनुपर्नेछ । त्यही कार्यालयमा आवश्यक कागजपत्र हेरेर विभागमा पठाउनेछ र प्रेस प्रतिनिधि प्रमाणपत्र पठाउनेछ ।

यस्तै प्रेस प्रतिनिधि प्रमाणपत्र र अनलाइन नवीकरणको अधिकार जिल्ला हुलाक कार्यालयलाई नै दिईको छ ।