दुबै प्रस्ताव स्थायी समितिमा लैजाने सचिवालय निर्णय, २१ गते स्थायी समिति बैठक धुम्वाराहीमा

मूलखबर संवाददाता
काठमाडौं, २० मंसिर

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को सचिवालयको शनिबार  ४ बजे सम्पन्न बैठकले भोली मंसिर २१ गते आईतबार पूर्व निर्धारित समय अनुसार १ बजे धुम्बाराहीमा स्थायी समितिको बैठक बस्ने र दुबै अध्यक्षले पेश गरेको प्रस्ताव छलफलका लागि स्थायी समितिमा लैजाने निर्णय गरेकाे छ ।

दुबै अध्यक्ष केपी अाेली र पुषपकमल दाहाल प्रचण्डले एक अर्कालाई अाराेपित गर्दै प्रस्ताव ल्याएपछि नेकपा विभाजनकाे मुखमा पुगेको प्रचार गरिएको थियाे ।

प्रचण्डकाे प्रस्ताव फिर्ता नगरि बैठकमा नबस्ने बताउँदै अाएका प्रधानमन्त्री अाेली अाजकाे बैठकमा पुरै समय बसेका थिए ।

नेकपाकाे स्थायी समिति बैठकमा दुबै प्रस्तावमा छलफल गरि विधान बमोजिम बहुमतिय प्रकृयाबाट निर्णय गराउने याेजना प्रचण्ड – नेपाल पक्षकाे छ भने अाेली पक्षले दुबै प्रस्तावलाई  खारेज गरि नयाँ प्रस्ताव केन्द्रीय समितिमा लैजाने वा दुबै प्रस्ताव यतिकै महाधिवेशनमा लैजाने याेजना बनाएकाे छ ।

नेकपाकाे अाेली पक्ष रात रहे अग्राख पलाउने अाशामा विवादलाई लम्ब्याउन चाहन्छ भने प्रचण्ड समूह छिटोभन्दा छिटाे विवादलाई निकास दिएर अगाडि बढाउने र एकता कायम गराउन लागिरहेकाे छ ।