
कसले देखाए अर्थमन्त्री विष्णु पौडेललाई कालो झण्डा ?
बुटवलमा नेकपा महासवि समेत रहेका अर्थमन्त्री पौडेलविरुद्ध कालो झण्डा प्रदर्शन गरिएको छ । बुधबार नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ रुपन्देहीका कार्यकर्ताले अर्थमन्त्री विष्णु पौडेललाई कालो झण्डा देखाएका छन् ।
लुम्बिनी प्रदेशको राजधानी मन्त्री पदसँग साटेको भन्दै उनीहरुले बुटवलको पुरानो बसपार्क ९नेपालगञ्जरोड०मा नेकपाका महासतिवसमेत रहेका अर्थमन्त्री पौडेललाई कालो झण्डा देखाएका हुन् ।
पौडेलविरुद्ध तरुण दल र नेविसंघका कार्यकर्ताले नाराबाजीसमेत गरेका थिए । विरोध प्रदर्शनपछि नेपाली कांग्रेस बुटवल उपमहानगरका सभापति खेलराज पाण्डेले विकास निर्माणका काममा कांग्रेसको समर्थन भए पनि राजधानी सारेकामा कांग्रेसले विरोध गरेको जनाए ।
यसअघि राजधानी तोक्ने क्रममा पनि कांग्रेस कार्यकर्ताले विरोध गरेका थिए । मंगलबार रुपन्देही आएका महासचिब पौडेल रुपन्देहीमा २ दिन विभिन्न कार्यक्रममा सहभागी हुँदैछन् ।
