लच्किए अाेली :१ बजे सचिवालय, २ बजे मन्त्रीपरिषद बैठक

मूलखबर संवाददाता
काठमाडौं

सत्तारूढ दल नेकपाकाे सचिवालय बैठक निर्धारित समय अर्थात अाज १ बजे नै हुने भएको छ ।

दिउँसो १ बजे सचिवालय बैठक राखेकै समयमा प्रधानमन्त्री केपि अाेलीले मन्त्रीपरिषद् बैठक डाकेपछि सचिवालय बैठकबाट अाेली भाग्न खाेजेकाे भन्दै उनकाे अालाेचना भएको थियोे  ।

अध्यक्ष प्रचण्डसहितको नेताहरूले सचिवालय बैठक अाेलिकाे अनुपस्थितिमा पनि अगाडि बढाउने भएपछि अाेलीले मन्त्रीपरिषद बैठक २ बजेलाई सारेको सुचना प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन् ।

नेकपा प्रबक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक १ बजे नै वालुवाटारमा हुने बताएका छन् ।