सचिवालय बैठक राेक्ने प्रधानमन्त्री चाल : डाके अाकस्मिक मन्त्रीपरिषद् बैठक, के हाेला अब ?

मूलखबर संवाददाता
काठमाडौं, ३ मंसिर

सत्तारूढ दल नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी अाेलीले सचिवालय बैठककै समय पारेर अाकस्मिक रूपमा मन्त्रीपरिषद बैठक अायाेजना गरेपछि राजनीतिक वृत्तमा अर्को तरंग सिर्जना भएको छ ।

अाज अपरान्ह १ बजेका लागि अाफैं सम्मिलित सचिवालय बैठकले निर्धारण गरेकाे बैठक टार्न अाेलीले मन्त्रीपरिषद्ककाे बैठक डाकेकाे विश्लेषण गरिएको छ ।

यश अघिकाे सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेकाे दस्तावेजमा अाेलीकाे अालाेचना गरेपछि अाेली पक्षले उक्त प्रस्ताव फिर्ता लिन दबाब दिईरहेकाे छ भने प्रचण्डसहितको बहुमत पक्ष बैठकमा प्रस्तावमाथि छलफल गराउन चाहन्छ ।

अाजकाे बैठकमा सचिवालय सदस्य समेत रहेका गृहमन्त्री रामबहादुर थापा बादल पनि सहभागी हुने बुझेपछि अाेलीले उनलाई बैठकमा जानबाट राेक्न अाकस्मिक रूपमा साेही समयमा मन्त्रीपरिषद बैठक राखेकाे एक सचिवालय सदस्यले अाशंका व्यक्त गरेका छन् ।

ओली पक्ष आजको सचिवालय बैठक रोक्ने प्रयासमा छ । प्रचण्ड–माधव नेपाल पक्ष भने बैठक जसरी भए पनि बसाल्ने तयारीमा छ । मन्त्रिपरिषद बैठकको समय जुधेपछि सचिवालय बैठक के हुन्छ भन्ने अन्यौल भएको छ । सचिवालयमा प्रधानमन्त्री ओलीसहित ईश्वर पोखरेल, रामबहादुर थापा (बादल) र विष्णु पौडेल मन्त्रिपरिषदमा समेत छन् ।

नेकपाको विवाद उत्कर्षमा पुगेका बेला पर्यटनमन्त्रीसमेत रहेका नेता योगेश भट्टराईले ‘सर्वाधिक कठिन समय’ भएको बताएका छन् । उनले ट्वीटरमा सो कुरा उल्लेख गरेका हुन् ।

अाेली बैठकमा नअाएपनि स्थल परिवर्तन गरेर भएपनि बैठक सञ्चालन गर्नुपर्ने दबाब प्रचण्डलाई परेकाे छ । अाज बैठक बसेर प्रचण्डले यश अघि प्रस्तुत गरेकाे दस्तावेजमाथि छलफल गरि त्यसलाई स्थायी समिति हुँदै सबै समितिमा लैजाने निर्णय हुन सक्ने बताईएकाे छ । त्यसैगरी बैठकले अाेली पक्षसँग सहमति कायम गर्नकाे लागि केही समय लिने वा सरकारकाे नेतृत्वबाट फिर्ता अाउन अाेलीलाई निर्देशन दिने सम्भावना पनि रहेकाे बुझिएको छ तर सबै निर्णयहरू गर्दा पार्टी एकतालाई टुट्न नदिने कुरामा भने प्रचण्ड माधव नेपाल सहितकाे नेतृत्व प्रतिवद्व रहेकाे ती नेताकाे भनाई छ ।