नेकपा सचिवालय बैठक शुक्रबार बस्ने, दुबै अध्यक्षको सहमति
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक शुक्रबार बस्ने भएको छ ।
महासचिव विष्णु पौडेलले दुवै अध्यक्षसँगको परामर्शमा शुक्रबारलाई बैठक बोलाएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।
‘महासचिव पौडेलले दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग हिजो बेलुका र आज बिहान परामर्श गर्नुभयो । र, सहमतिमै शुक्रबार बेलुका ४ बजेलाई बैठकको समय तय गरिएको छ,’ केन्द्रीय सदस्य रिजालले जानकारी दिए ।
यस अघि सचिवालयका बहुमत सदस्यले लिखीत पत्रसाथ के पी ओलीलाई सचिवालय बैठक राख्न माग गरेका थिए ।