नेकपा, राेल नम्बर १ र अाजकाे प्रश्न

रमेश मल्ल
काठमाडौं

नेकपा र रोल नम्बर १
*****************
आज संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल र नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) रोल नम्बर १ का कारण प्रताडित र संकटग्रस्त बन्न पुगेको छ ।

रोल नम्बर १ संविधानप्रदत्त संघीयता र लोकतन्त्रका मर्म र भावना विपरीत अभिव्यक्ति दिन्छ र गतिविधि गर्छ ।

रोल नम्बर १ पार्टी विधान र पद्धति अनुसारको सामुहिक नेतृत्व प्रणालीलाई इन्कार गर्छ । रोल नम्बर १ ले सर्वसत्तावादी तथा अराजकतावादी प्रवृतिको पक्षपोषण गर्छ ।
रोल नम्बर १ वर्तमान नेपाली समाजको वर्गसंघर्षको आवश्यकता र पार्टी एकताको मर्म र भावना अनुसार विकसित गरिएको विचार, सिद्धान्त र राजनीतिबाट पछाडि फर्कन्छ र यथास्थिति तथा प्रतिगामी चिन्तन प्रवृतिको प्रतिनिधित्व गर्दछ । रोल नम्बर १ को संस्कार, संस्कृती र आचारण सामन्ती सत्तालाई सम्झना दिने खालको छ ।

यसले संगठात्मक प्रणालीमा विश्वास गर्दैन । उसको नेतृत्वको राज्य प्रणालीले दलाल तथा माफियाको सिन्डिकेटलाई संस्थागत आकार दिन सहयोगी बन्दछ । भ्रष्टाचार र कुशासनले देशको अर्थ राजनीति थिलोथिलो हुँदा र जनस्वास्थ्य लगायतका आधारभुत मानवीय आवस्यकता संकटग्रस्त हुदा पनि रोल नम्बर १ बेखबर जस्तो बन्छ ।

रोल नम्बर १ ले राष्ट्रियता र देशभक्तिलाई देखाउने र लुकाउने (अपारदर्शी) सौदाबाजीको विषय बनाउछ ।
रोल नम्बर १ को यो गतिविधि के मुलुक र नेकपाले टुलुटुलु हेरेर बस्न मिल्छ ? यो आजको यक्ष प्रश्न हो ।