नेकपा बैठक : पार्टी एकता जाेगाउन अन्तिमपटक अाेलिसँग सामुहिक सम्वाद गर्ने सचिवालय निर्णय

मूलखबर संवाददाता
काठमाडौं

सत्तारूढ दल नेकपाकाे सचिवालयकाे अनाैपचारिक बैठकले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री के पि अाेलीसँग पार्टी एकता जाेगाउन अन्तिमपटक सामुहिक छलफल गर्ने निर्णय गरेकोे छ ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी कार्यालय धुम्बाराहिमा अायाेजना गरेको अनाैपचारिक बैठकमा सहभागी बहुमत सचिवालय सदस्यले अाेलीले पार्टीको बैठकमा सहभागी हुन र निर्णय मान्नै पर्ने निष्कर्ष निकालेको प्रबक्ता नारायणकाजी श्रेष्ठले बताए ।

उनका अनुसार शनिबार अाेलीसँग सामुहिक भेटवार्ता गर्ने र फेरि पनि बैठक राख्न अानाकानी गरेमा अब सधैं यसैगरी अकर्मण्यताकाे सिकार पार्टी नहुने निष्कर्ष पनि बैठककाे छ ।

बैठकमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गाैतम र नारायणकाजी श्रेष्ठको सहभागीता थियाे ।  अाेलीसहित महासचिव विष्णुप्रसाद पाैडेल, रामबहादुर थापा बादल र इश्वर पाेखरेल भने बैठकमा सहभागी भएनन् ।