नेकपा विवाद : प्रचण्डको सहमति प्रयास फेरी असफल, ओली पुरानै अडानमा

मूलखबर संवाददाता
काठमाडौं, २० कात्तिक ।

सत्तारुढ दल नेकपाको विवाद समाधान गरी अगाढि वढ्ने प्रस्ताव सहित छलफलमा पुगेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री केपी ओलीबीचको छलफल विना निश्कर्ष टुंगिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको झण्डै तीन घण्टा भएको छलफल विनानिष्कर्ष सकिएको बताइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा मुख्य गरेर प्रधानमन्त्री के पी ओलीले पुरानै अडान दोहोर्याएपछि सहमति बन्न नसकेको बुझिएको छ ।

सत्तारुढ दल नेकपामा सरकारले गरेको राजदूतको नियुक्तिको सिफारिसदेखि मन्त्रिपरिषद् पुनर्गठन, कर्णाली विवाद र रअका प्रमुखको नेपाल आगमनसमेतलाई लिएर विवाद हुँदै आएको छ ।

बालुवाटारमा अध्यक्षद्वयबीच सोही विषयमा छलफल भएको भएपनि कुनै सहमति हुन नसकेको हो। बिहीबारको भेटमा पनि प्रचण्डले स्थायी समितिका निर्णयहरु कार्यन्वयन नगरेको पर्सामा नेता चौरसिया मृत्यु प्रकरणमा छानविनका लागि सरकारले तदारुकता नदेखाएको तथा कर्णाली विवादमा समस्या समाधान गर्नुको साटो चर्काउन खोजेको भन्दै असन्तुष्टि जनाएका थिए ।

प्रचण्डको पटक पटकको सहमति प्रयास बालुवामा पनी हालेजस्ते भएको भन्दै प्रचण्डले यस अघि ११ दिनसम्म बालुवाटार नगई अन्य नेताहरुसँग छलफल गरेका थिए । पुन ओलीसँग छलफलबाटै सामाधानमा पुग्न अन्य सचिवलाय नेताहरुले दिएको सुझाव अनुसार आज फेरी प्रचण्ड बालुवाटार पुगेका थिए ।