नेपाल आएर के गरे भारतीय सेनाध्यक्षले ? के पायो नेपाली सेनाले ?

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं, २० कात्तिक ।
सिमा समस्याका बारेमा नेपालविरोधी टिप्पणी गरेको भन्दै आलोचित नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले नेपाल भ्रमणका क्रममा कुनै विवादित अभिव्यत्तिः दिएका छैनन् तर उनले नेपालको मुख्य धार्मिक स्थल पशुपतिदेखि विभिन्न स्थलहरुको भ्रमण गरेका छन् ।

तीन दिने औपचारिक भ्रमणका लागि बुधबार काठमाडौं आइपुगेका नरवणेले नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापासँग भेट गरेका छन् । बिहीबार विहान नेपाली सेनाको जंगी अड्डा पुगेका नरवणे र प्रधानसेनापति थापाबीच दुई देशका सेनाबीचको सम्बन्ध तथा द्विपक्षीय रक्षा सहकार्य विस्तार गर्ने बारे छलफल भएको थियो ।

सो क्रममा नेपाली सेनाका वरिष्ठ अधिकारीहरुले भारतीय सेना प्रमुख नरवणे समक्ष ब्रिफिङ पनि गरेका काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ ।

भारत सरकारको तर्फबाट जनरल नरवणेले नेपाली सेनाका दुई फिल्ड अस्पताललाई एक्स–रे मेसिन, कम्प्युटेड रेडियोग्राफी सिस्टम, आईसीयु भेन्टिलेटर, भिडियो इण्डोस्कोपी युनिट, एनेस्थेसिया मेसिन, ल्याब उपकरण, एम्बुलेन्स लगायतका स्वास्थ्य सामाग्रीहरु प्रदान गरेका छन् ।

कोभिड–१९ महामारी विरुद्धको लडाइमा अझ सघाउ पुर्‍याउन नेपाली सेनालाई थप भेन्टिलेटर पनि उपहारस्वरुप प्रदान गरेको दूतावासले जनाएको छ ।

काठमाडौंको टुडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारकमा ९शहीद स्मारक० माल्यार्पण गरी शहीदहरु प्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । त्यसपछि जंगीअड्डा पुगेका उनको सम्मानमा नेपाली सेनाको एक टुकुडीले सम्मान गारत अर्पण गरेको थियो ।