पुर्व सभामुख महरापत्नी सिताकाे निधन, प्रचण्डद्वारा शाेक व्यक्त

मूलखबर संवाददाता
काठमाडौं

पूर्वसभामुख, प्रतिनिधि सभा सदस्य तथा नेकपाका नेता कृष्णबहादुर महराकी जीवनसंगीनी सीता महराको निधन भएको छ ।

काेराेना पाेजेटिभ देखिएकाे चाैंथाे दिनमा निधन भएकी महरापत्नी सीता १० वर्षदेखी माइस्थेनिया नामक रोगबाट पीडित थिइन् ।

महरापत्नीकाे असामयिक निधन प्रति नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शाेक वक्तव्य प्रकाशित गरि दुःख व्यक्त गरेका छन् ।

प्रचण्डले वक्तव्यमा  असल, सरल, मृदुभाषी, र जनताका बीच चाँडै नै घुलमिल गर्न सक्ने क्षमताकी धनी कमरेड सीता तत्कालीन ने.क.पा. (माओवादी)द्वारा सञ्चालिन १० वर्षे महान् जनयुद्धमा सक्रिय रुपमा पार्टीका विभिन्न कमिटीहरुमा रही आफ्नो भूमिका निर्वाह गर्नुभएको बताएका छन् ।

प्रचण्डले दिवंगत सीता महराप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

शोक वक्तव्य- 
पूर्वसभामुख, प्रतिनिधि सभा सदस्य तथा हाम्रो पार्टीका नेता कृष्णबहादुर महराकी जीवनसंगीनी कमरेड सीता महराको असामयिक निधनले मर्माहत भएको छु । उहाँको नर्भिक हस्पिटलमा आज बिहान ६ः२५ बजे निधन भएको हो । दिवंगत कमरेड सीता महरा विगत लामो समयदेखि माइस्थेनिया नामक रोगबाट पीडित हुनुहुन्थ्यो ।
पुख्र्यौंली घर रोल्पा मेबाङ गएको बेला कमरेड सीतालाई स्वास्थ्यमा समस्या देखिएपछि कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो । निमोनिया र स्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते उहाँलाई हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।
असल, सरल, मृदुभाषी, र जनताका बीच चाँडै नै घुलमिल गर्न सक्ने क्षमताकी धनी कमरेड सीता तत्कालीन ने.क.पा. (माओवादी)द्वारा सञ्चालिन १० वर्षे महान् जनयुद्धमा सक्रिय रुपमा पार्टीका विभिन्न कमिटीहरुमा रही आफ्नो भूमिका निर्वाह गर्नुभएको थियो । दिवंगत सीता महराप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु ।
१९ कार्तिक, २०७७

……………………………
पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष