अमेरिकी राष्ट्रपतिको निर्वाचन : बाइडनले जित्लान् की ट्रम्पले ?

मूलखबर संवाददाता
काठमाडौं, १८ कात्तिक ।

विश्व महाशक्तिको रुप्मा रहेको संयुक्त राज्य अमेरिकामा आज राष्ट्रपतिको आगामी कार्यकालको लागि निर्वाचन हुँदैछ । निर्वाचनमा दुई शक्तिशाली दलका तर्फबाट दुई जना प्रभावशाली व्यक्तिहरुले उम्मेदवारी दिएर आमनेसामने हुँदैछन् ।
वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र पुर्व उपराष्ट्रपति जोन बाइडन राष्ट्रपतिको दौडमा आमनेसामने भएकार भिडेका छन् ।

वर्तमान राष्ट्रपति ट्रम्प र बाइडनको धेरै कुरा मिल्दैनन् तर एउटा कुरा भने दुबैको मिल्ने गर्दछ । त्यो हो बोल्दा जिब्रो चिप्लिने । ट्रम्प आदीवासी अमेरिकीहरुको लागि लोकप्रीय भएता पनि अश्वेतहरुको लागि अलोकप्रीय उमेदवार हुन् भने बाइडन अश्वेतहरुको लागि ट्रम्प भन्दा केही उदार उम्मेदवारको रुपमा चर्चा गरिएको छ ।

राष्ट्रपति ट्रम्प रिपव्लीकन पार्टीबाट र बाइडन डेमोक्र्याटिक पार्टीबाट चुनावी मैदानमा उत्रिएका हुन् ।

बराक ओबामाका उपराष्ट्रपति रहेका बाइडनलाई डेमोक्र्याटिक पार्टीले राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति पदका लागि उम्मेदवार बनाएको हो।

उनका समर्थकहरूको निम्ति बाइडन दशकौँको अनुभवप्राप्त विदेशनीतिका ज्ञाता अनि प्रखर वक्ता हुन् जो सामान्य नागरिकसँग सहजतापूर्वक घुलमिल हुन सक्छन् र जसले व्यक्तिगत दुर्घटनाहरूसँग बहादुरीपूर्वक सामना गरेका छन्।

तर उनका विरोधीहरूका निम्ति बाइडन संस्थापनसँग जोडिएका ूडाँडापारिका घामू हुन् जसले बेलाबखत लाजलाग्दो गल्ती गर्छन्। ९महिलाहरूको कपाल सुँघ्ने जसको अचम्मको बानी पनि छ।०

ट्रम्पलाई हराउन बाइडनमा आवश्यक क्षमता रहेको दावी डेमोक्र्याटीक कार्यकर्ताहरुले गर्दै आएका छन् भने रिपव्लीकन कार्यकर्ताले ट्रम्पको छेउमै बाइडनले स्थान नपाउने टिप्पणी गरिरहेका छन् ।

बाइडनका क्षमता :  प्रभावशाली वक्ता

सन् १९७० ताका जो बाइडनले राजनीतिमा पहिलो पाइला चाल्दा अहिलेका कैयौँ मतदाता जन्मिएका पनि थिएनन् । बाइडन चुनाव प्रचारका पुराना खेलाडी हुन्।

उनको वाशिङ्टनसँगको नाता ४७ वर्षअघि सन् १९७३ मा जोडिएको थियो जब उनी अमेरिकी सिनेटका सदस्य बने। अनि उनको पहिलो राष्ट्रपतीय प्रचार अभियान ३३ वर्षअघि सन् १९८७ मा भएको थियो।

उनी मतदातालाई आकर्षित गर्न सक्ने स्वाभाविक नेता हुनुका साथै कुनै पनि बेला गलत वाक्य बोल्न सक्ने नराम्रो क्षमता भएका मानिस पनि हुन्। भिडका सामुन्ने बोल्दाबोल्दै चिप्लिँदा उनको पहिलो प्रचार अभियान सुरु हुनुभन्दा पहिल्यै खेर गएको थियो। यो उनको तेस्रो अभियान हो।

बाइडन सक्षम तथा प्रखर सार्वजनिक वक्ता हुन् तर उनी कहिलेकाहीँ नराम्रो समाचारको सामग्री बन्छन् , र्‍यालीमा भाषण गर्दै उनले भनेका थिएस् ूमेरा पुर्खा उत्तरपूर्वी पेन्सल्भेनीआका कोइलाखानीमा काम गर्थे। उनीहरूले जीवनमा अवसर नपाएकोमा आफू क्रोधित भएको उनले बताएका थिए।

तर वास्तवमा उनका पुर्खा कोही पनि कोइलाखानीमा कामदार थिएनन् ( उनले त्यो वाक्य ९र अन्य कैयौँ वाक्य० एक ब्रिटिश राजनीतिज्ञ निल किनकको भाषणबाट चोरेका थिए। पछि जो बमुका नामले परिचित भएका यस्ता विभिन्न गल्तीको शृङ्खलाको त्यो पहिलो कडी थियो।

सन् २०१२ मा आफ्नो राजनीतिक अनुभवबारे बखान गर्दै उनले आफ्नो भाषणमा भने, ूमैले आठ जना राष्ट्रपतिलाई चिनेको छु, तीन जनालाई त अत्यन्त निकट रूपमा । विचार नगरी उनले भनेको कुरालाई निकट मित्रता मात्र नभई यौन सम्बन्ध रहेको रूपमा समेत अर्थ्याउन सकिन्थ्यो।

गत वर्ष बाइडनले आफूहरूलाई अनुचित रूपमा स्पर्श गरेको, अँगालो हालेको वा चुम्बन गरेको भन्दै आठ महिलाले आरोप लगाए।

अमेरिकी सञ्चारमाध्यमहरूले बाइडनले कसरी सार्वजनिक कार्यक्रममा उपस्थित महिलाहरूसँग निकट भावमा व्यवहार गर्छन् र कसरी उनीहरूको केश सुँघेको जस्तो गर्छन् भनेर पनि चित्रण गरे। प्रतिक्रियामा बाइडनले आगामी दिनमा आफ्नो व्यवहारलाई लिएर होस पुर्‍याउने बताए।

बराक ओबामा र जो बाइडन

सन् २००९ देखि २०१७ को बीच बाइडन बराक ओबामाका उपराष्ट्रपति थिए, राष्ट्रपति ओबामाको उपराष्ट्रपतिको रूपमा सन् २००९ मा उनले अर्थतन्त्रमा हामीले हानि पुर्‍याउने ३० प्रतिशत सम्भावना छु भनेर मानिसहरूलाई त्रसित बनाइदिए।

उनले ओबामालाई वर्णन गर्दै यसो भनेका थिए, अफ्रिकी-अमेरिकी समुदायका पहिलो व्यक्ति जो प्रखर वक्ता छ, तिक्ष्ण र स्वच्छ अनि आकर्षक छ।ू तापनि भाग्य नै भन्नुपर्छ अमेरिकाको पहिलो अश्वेत राष्ट्रपतिले उनलाई उपराष्ट्रपतिमा चुने।

त्यस्ता टिप्पणीका बावजुद अश्वेत मतदातामाझ उनी लोकप्रिय रहेका छन्। तर हालसालै एउटा रेडिओ कार्यक्रममा चर्चित अश्वेत प्रस्तोतासँग बोलेका कुरा निकै विवादित भए। उनले भनेका थिए, ‘यदि अझ पनि तपाईँलाई म र ट्रम्पमध्ये एक जना चुन्न कठिन भइरहेको छ भने तपाईँ अश्वेत होइन।’

त्यो एउटा वाक्यले सञ्चारमाध्यममा ठूलो सनसनी मच्चियो। उनको प्रचार टोलीले बाइडनले अश्वेत मतदाताहरूलाई हलुका रूपमा नलिएको प्रतिक्रिया दिनुपर्‍यो। –बीबीसीको सहयोगमा