यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
पर्सामा नेकपा कार्यकर्ता मृत्यु : अाकस्मिक झडप कि, याेजनावद्व अाक्रमण ? जाहेरी लिन अानाकानी. पर्सामा नेकपा कार्यकर्ता मृत्यु: अाकस्मिक झडप कि, याेजनावद्व अाक्रमण? जाहेरी लिन अानाकानी. मूलखबर संवाददाता काठमाडौं, ९ कात्तिक शपथग्रहण कार्यक्रममा दुई पक्षबीच भएको झडपमा परेर मृत्यु भएका विन्दवासनी गाउँपालिकाका सचिव मुकेश चौरसियाको घटनामा संलग्नविरुद्ध जाहेरी दर्ताको माग गर्दै प्रदर्शन भएको छ ।. शनिबार बिहान १२ बजेदेखि जिल्ला प्रहरी कार्यालयअगाडि नेकपा पर्साका नेता तथा कार्यकर्ताले घटनामा संलग्नविरुद्ध जाहेरी दर्ताको माग राख्दै प्रहरीविरुद्ध चर्को नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।. घटनामा संलग्न व्यक्तिलाई कर्तव्य ज्यान मुद्दाको जाहेरी दर्ता गर्न माग गर्दै प्रदर्शन गरेको बताए । पर्सा प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान गर्न ढिलासुस्ती गरेको भन्दै मृतकका परिवारजनले लास बुझ्न मानेका छैनन् ।. जिल्ला प्रहरी कार्यालयअगाडि प्रदर्शनमा सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता मातृका यादवले दोषीलाई कारबाही नगरेसम्म आन्दोलन जारी रहने बताए ।. उनले चौरसियाको घटनामा संलग्नलाई पर्सा प्रहरी बचाउनलाई हालसम्म जाहेरी दर्ता गर्नै नमानेको बताए । प्रतिनिधिसभा सदस्यसमेत रहेका यादवले चौरसियाको घटनामा संलग्नविरुद्ध जाहेरी दर्ता गर्न प्रहरीको माथिल्लो निकायबाट निर्देशन आए पनि पर्सा प्रहरी आलटाल गरिरहेको आरोप लगाए ।. मृतक चौरसियाको घटनामा संलग्नलाई कारबाही गराउन आफू कुनै पनि हालतमा पछाडि नहट्ने स्पष्ट यादवले पारे ।. नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रदेश सहइन्चार्ज नागेन्द्र चौधरीले गाउँपालिकाको शपथग्रहण कार्यक्रममा योजनाबद्ध तरिकाले भएको घटनामा संलग्नलाई कारबाही गर्न माग गरेका छन् । उनले चौरसियाको घटनामा संलग्नलाई पर्सा प्रहरीले संरक्षण गरिरहेकाले अब सह्य नहुने ठोकुवा गरे ।. प्रदर्शनमा नेकपा केन्द्रीय सदस्य दिनेश राई, गोपाल ठाकुर, पूर्वसांसद बिचारी यादव, प्रदेश सभा सदस्य भरत साह लगायतका नेताहरूले सम्बोधन गरेका थिए ।.
पर्सामा नेकपा कार्यकर्ता मृत्यु : अाकस्मिक झडप कि, याेजनावद्व अाक्रमण ? जाहेरी लिन अानाकानी
मूलखबर संवाददाता
काठमाडौं, ९ कात्तिक
शपथग्रहण कार्यक्रममा दुई पक्षबीच भएको झडपमा परेर मृत्यु भएका विन्दवासनी गाउँपालिकाका सचिव मुकेश चौरसियाको घटनामा संलग्नविरुद्ध जाहेरी दर्ताको माग गर्दै प्रदर्शन भएको छ ।
शनिबार बिहान १२ बजेदेखि जिल्ला प्रहरी कार्यालयअगाडि नेकपा पर्साका नेता तथा कार्यकर्ताले घटनामा संलग्नविरुद्ध जाहेरी दर्ताको माग राख्दै प्रहरीविरुद्ध चर्को नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।
घटनामा संलग्न व्यक्तिलाई कर्तव्य ज्यान मुद्दाको जाहेरी दर्ता गर्न माग गर्दै प्रदर्शन गरेको बताए । पर्सा प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान गर्न ढिलासुस्ती गरेको भन्दै मृतकका परिवारजनले लास बुझ्न मानेका छैनन् ।
जिल्ला प्रहरी कार्यालयअगाडि प्रदर्शनमा सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता मातृका यादवले दोषीलाई कारबाही नगरेसम्म आन्दोलन जारी रहने बताए ।
उनले चौरसियाको घटनामा संलग्नलाई पर्सा प्रहरी बचाउनलाई हालसम्म जाहेरी दर्ता गर्नै नमानेको बताए । प्रतिनिधिसभा सदस्यसमेत रहेका यादवले चौरसियाको घटनामा संलग्नविरुद्ध जाहेरी दर्ता गर्न प्रहरीको माथिल्लो निकायबाट निर्देशन आए पनि पर्सा प्रहरी आलटाल गरिरहेको आरोप लगाए ।
मृतक चौरसियाको घटनामा संलग्नलाई कारबाही गराउन आफू कुनै पनि हालतमा पछाडि नहट्ने स्पष्ट यादवले पारे ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रदेश सहइन्चार्ज नागेन्द्र चौधरीले गाउँपालिकाको शपथग्रहण कार्यक्रममा योजनाबद्ध तरिकाले भएको घटनामा संलग्नलाई कारबाही गर्न माग गरेका छन् । उनले चौरसियाको घटनामा संलग्नलाई पर्सा प्रहरीले संरक्षण गरिरहेकाले अब सह्य नहुने ठोकुवा गरे ।
प्रदर्शनमा नेकपा केन्द्रीय सदस्य दिनेश राई, गोपाल ठाकुर, पूर्वसांसद बिचारी यादव, प्रदेश सभा सदस्य भरत साह लगायतका नेताहरूले सम्बोधन गरेका थिए ।