नेपालमा कोरोना : जम्मा संक्रमित १३२२४६, सक्रिय संक्रमित ३९३४१ जना, मृत्यु ७३९ जना
नेपालमा कोरोना भाइरसका दुई हजार ९४२ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा नेपालमा १४ हजार ८७५ वटाको स्वाबको आरटी पिसिआर परीक्षण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा सो संख्यामा सङ्क्रमित थपिएका हुन् । सो संख्यामा सङ्क्रमित थपिएसँगै नेपालमा कुल सङ्क्रमित एक लाख ३२ हजार २४६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा सो संख्यामा सङ्क्रमण पुष्टि भएको जनाएको हो ।
हाल ३९ हजार ३४१ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । उपचारको लागि होमसहित संस्थागत आइसोलेसनमा ती सङ्क्रमित बसेका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा दुई हजार ३२६ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ९२ हजार १६६ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । निको हुने दर विगतको तुलनामा केही दिनदेखि कम हुँदै गइरहेको छ ।
पछिल्लो २४ घण्टामा १२ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड-१९ को कारणले मृत्यु हुनेको संख्या ७३९ पुगेको छ ।