उदयपुरमा जिप दुर्घटनामा ५ काे मृत्यु, ३ घाइते

मूलखबर संवाददाता
काठमाडौं, २ कात्तिक

उदयपुरको कटारी नगरपालिका वडा नं १४ को भदौरेस्थित शिध्दिचरण राजमार्गमा आइतवार विहान एउटा स्कार्पियो दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्य भएको छ भने अन्य तीनजना गम्भिर घाईते भएका छन् ।
भैरहवाबाट ओखलढुङ्गातर्फ जादै गरेको बा २० च ७१७१ नम्वरको स्कार्पियो जिप सडकबाट करीब नौसय मिटर तल खस्दा त्यसमा सवार ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका वडा नं ९ माधवपुरका ४६ वर्षीय रामवहादुर सार्की सोही ठाउँ निवासी २७ वर्षिय कर्ण सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी दुर्घटनामा नाम थर वतन नखुलेका अन्दाजी ३० एक वर्षकी महिला,३२ वर्षको पुरुष र ५२ वर्षको पुरुषको घटनास्थलमै मृत्युभएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी वेदप्रसाद गौतमले बताउनुभयो ।
उहाँका अनुसार जिप चालक रुपन्देही जिल्ला त्रिदम्वा नगरपालिका वडा नं १५ का रामवहादुर खड्काको छोरा २८ वर्षिय पवन खड्काको अवस्था गम्भीर रहेकाे छ , ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका वडा नं ९ माधवपुरका सागर सार्कीको छोरी वर्ष १८ की कल्पना सार्कीको टाउकोमा चोट लागि गम्भिर अवस्थाको रहनु भएकाे र सोही ठाउँ निवासी रामवहादुर सार्कीको श्रीमती वर्ष ३१ की कुमारी सार्कीको दाहिने खुट्टामा चोट लागेको तर अवस्था सामान्य रहेको छ ।
घाईते सबैको उपचारका लागि कटारी अस्पताल पठाइएको र गए राती करीव १ वजेको समयमा दुर्घटना भएको भन्ने खवर पाउना साथ उध्दारका लागि ईलाका प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थल गएको पनि उहाँले बताउनुभयो ।- रासस