दाेश्राेपटक अर्थमन्त्री : पाैडेलकाे यस्ताे छ जीवन कहानी

मूलखबर संवाददाता
काठमाडौं, १ कात्तिक

सत्तारूढ नेकपाका महासचिव समेत रहेका प्रभावशाली नेता विष्णु पाैडेल दाेश्राेपटक नेपालकाे अर्थमन्त्री बनेका छन् । सादा जीवन र अाचरणका रूपमा चिनिने पाैडेलकाे जीवन सबैलाई चासाेकाे विषय पनि बनेकाे छ । पढाैं चर्चित नेता पाैडेलकाे वास्तविक जीवन कहानी – ####

२०३३ सालतिर बिष्णु पौडेल कलेज पढ्न भिनाजु गोपीरमण उपाध्यायको घरमा आएका थिए । उपाध्यायको घरमा तत्कालीन कोअर्डिनेशन केन्द्र र मुक्ति मोर्चाको बैठक हुन्थ्यो ।
जेल बे्रक गरेर भुमिगत हुदै उपाध्यायको घरमा पुगेका प्रदिप नेपालले बुर्जुवा शिक्षा बहिस्कार गरेर राजनीतिमा आउनु पर्छ भनेपछि १७ बर्षिय पौडेल पढाइ छोडेर कम्युनिस्ट आन्दोलनमा होमिएका थिए ।

माक्र्सबादी दर्शनका ज्ञाता भिनाजु गोपीरमणको प्रेरणा र प्रदिप नेपालको सुझावले बुर्जुवा शिक्षा बहिस्कार गरेका पौडेल नेपाली कम्युनिष्ट आन्दोलनको दोश्रो पुस्तामा निर्विकल्प नेता बनेर उदाएका छन ।

लामो समय लुम्विनी अन्चलका बिभिन्न जिल्लामा भुमिगत भएर काम गरेका पौडेलले २०३७ सालमा मोदनाथ प्रश्रीतहरु संगै भैरहवा जेलब्रेक गरेका थिए ।

२०३५ देखि २०४६ सम्मको भूमिगत राजनीतिक जीवनमा कैलाश, पवन, जयन्त, कपिल, उमेश, दिव्य, ध्रुव आदि छद्म नामको प्रयोग गरेर रुपन्देही नवलपरासी पाल्पा अर्घाखांची र गुल्मीमा पार्टीको काममा सक्रिय रहे ।

२०४६ सालमा बहुदलिय व्यवस्था स्थापनापछि तत्कालीन नेकपा मालेले विष्णु पौडेललाई राष्ट्रिय परिषद् सदस्य बनाएर महाकाली अञ्चल इन्चार्जको जिम्मेवारी दिएको थियो ।
२०४७ सालमा नेकपा माले र माक्र्सबादीपार्टि बिच एकिकरण भएर नेकपा एमाले बनेपछि पौडेल तत्कालिन एमालेको केन्द्रीय सदस्य भएका थिए ।

२०५१ सालमा एमालेले अल्पमतको सरकार बनाउदा उपप्रधानमन्त्री भएर माधव नेपाल सरकारमा गएपछि वामदेव गौतमलाई उपमहासचिव बनाएर पार्टि सन्चालनको जिम्मेवारी दियो । गौतम उपमहासचिव भएपछि रिक्त भएको संगठन विभाग प्रमुखको जिम्मेवारीे विष्णु पौडेले पाएका थिए ।
पहिलो पटक ०५१ सालको संसदीय चुनावमा पाल्पा क्षेत्र नम्बर ३ बाट लडेका पौडेलले चुनाव जितेका थिए । त्यो सरकार ९ महिनामा ढल्यो । पौडेलको राजनीति उचाइ बढाउदै लगे । ०५४ सालमा बामदेव नेतृत्वमा बनेको सरकारमा युवा तथा खेलकुद मन्त्री भए ।

महाकाली सन्धि पारित गर्ने कि नगर्ने भन्ने विवाद तीब्र भयो । त्यसबेला पौडेलले आफुलाई महाकाली सन्धिको विपक्षमा उभ्याए । तर उनको मत बिपरित महाकालि सन्धि एमालेले बहुमतले पास गरेको थियो ।

२०५१ सालमा पाल्पाबाट निर्वाचन जितेका पौडेललाई ०५६ को संसदीय निर्वाचनमा एमालेले रूपन्देही–३ बाट उठायो तर कांग्रेसका सूर्यप्रसाद प्रधानसँग करिब ६ सय मतान्तरले पराजित भएका थिए ।

पौडेल निर्वाचन हारेपनि रुपन्देहीका मतदाता संग नजिकिएर काम गरे जसका कारण ०६४ सालको पहिलो संविधानसभा चुनावमा सोही क्षेत्रबाट निर्वाचित भए । २०६५ मा प्रचण्ड सरकारमा जलस्रोत मन्त्री बने । भने तत्कालीन पार्टि अध्यक्ष झलनाथ खनाल नेतृत्वको सरकारमा रक्षामन्त्री बने ।
०७० सालको दोस्रो संविधानसभा चुनावमा उनले रुपन्देहीबाट पुर्व प्रधानमन्त्री तथा त्यसवेलाका प्रभावशाली माओवादी नेता बाबुराम भट्टराईलाई हराएपछि चर्चाको शिखरमा पुगे ।

पौडेलको कार्य कुसलता प्रर्दशन गर्न सफल पौडेल प्रभावित भएर २०७२ सालमा केपी ओली नेतृत्वको सरकारमा अर्थमन्त्री बने । जुन नेपाली राजनितीक ईतिहासमा सबैभन्दा सफल अर्थमन्त्रीको रुपमा आफुलाई उभ्याउन सफल भए ।
०७४ रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित एमाले उपमहासचिव पौडेलले कांगेसका युवराज गिरीलाई २२ हजार ६३ मतान्तरले पराजित गदै त्यस क्षेत्रबाट लगातार तेस्रो जित हासिल गरेका थिए ।

नेकपा एमालेका तत्कालीन उपमहासचिव रहेका पौडेल २०७५ साल ३ जेठमा एकीकृत भएका पूर्व एमाले र माओवादी केन्द्रको सचिवालय गठनसँगै महासचिवमा जिम्मेवारी पाए ।

पौडेललाई पार्टि अध्यक्षद्धयले मात्र होईन पार्टिका लाखौं सदस्यहरुले पार्टी एकताका सूत्रधारका रुपमा लिदै आएका छन । जसको समन्वयकारी भुमिकाले गर्दा बिघटनको डिलमा पुगेको ओली नेतृत्वको बर्तमान सरकारले त्राण पायो भने छिन्नभिन्न जस्तै भएको नेपाल कम्युनिष्ट पार्टि एक भयो ।
पार्टीभित्रै ओली, प्रचण्ड, नेपाल र गौतमबीच एकता गराउने सूत्रधार पनि थिए त्यसैको पुर्व एमाले र पुर्व माओवादीलाई मिलाउन सक्ने सन्तुलित क्षमता वुझेर दुवै अध्यक्षको रोजाइमा नेकपाको महासचिव जस्तो जिम्मेबारी पाएका थिए ।
नेकपाभित्र कम वोल्ने र सामाजिक संजालमा कमै प्रतिक्रिया दिने नेतामा पौडेल पर्छन । पार्टिलाई संकट पर्दा त्यसलाई निराकरण गर्नतिर लाग्छन, उनलाई पार्टी भित्र कुन नेतामा कति क्षमता छ, अनि त्यसलाई उपयोग गरेर कसरी अगाडि वढन सकिन्छ भन्ने राम्रो ज्ञान छ ।

पार्टि एकतापछि गुटगत राजनीतिले पार्टीलाई वेलावेलामा संकटमा पार्दै आएको छ । तर जतिसुकै संकट आएपनि मियो जसरी विचमा वसेर पौडेलले संकटलाई पार लगाउदै आएका छन । दुवै अध्यक्षबीच विश्वासको संकट हुँदा पौडेल दूत बनेर खुमलटार र बालुवाटार ओहोरदोहोर गरिरहन्छन ।

दुवैतर्फका निर्णायक नेताहरुको विश्वास जित्न सक्नु ,नेताहरू वीचमा परेको विश्वासको खाड्ललाई कम गर्न भुमिका खेल्नु , परिस्थितिलाई तुरून्त बुझ्न सक्नु पौडेलको खुवी हो । त्यसैले ६० वर्षीय पौडेलको ४३ वर्षलामो राजनीतिक जीवनमा कहिल्यै ठुलो विवादको सामना गर्नु परेको छैन ।
पछिल्लो समय अध्यक्ष केपि ओलिको विश्वास गर्ने र जिम्मेबारी दिने पात्र भनेकै महासचिव पौडेल देखापरेका छन । महासचिव पौडेलको संयोजकत्वमा कार्यदल गठनपछि नेकपामा दोस्रो पुस्ताको निर्विकल्प नेताको भुमिकामा पौडेल रहेको सन्देश समेत गएको थियो भने तिनै बिष्णु पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीले दोश्रो पटक आफ्नो मन्त्री मण्डलमा अर्थमन्त्रीको रुपमा भित्र्याएका छन ।

बिष्णु पौडेलको संक्षिप्त जिवनी

नाम : विष्णुप्रसाद पौडेल

जन्म मिति : २०१६ मंसीर १६, तदनुसार १९५९ डिसेम्बर १

जन्मस्थान : पुतलीबजार नगरपालिका वडा नं. १०, स्याँङ्जा

ठेगाना : ललितपुर महानगरपालिका वडा नं. २५, सैवु आवास ।

(क) वर्तमान जिम्मेवारी :
👉महासचिव : नेपाल कम्युनिष्ट पार्टी (नेकपा),

👉 प्रतिनिधिसभा सदस्य : निर्वाचन क्षेत्र नं. २, रुपन्देहीबाट निर्वाचित ।

(ख) प्रतिनिधिसभा र संविधानसभा सदस्य :
👉 २०७४ मंसीर २१ गते सम्पन्न निर्वाचनमाक्षेत्र नं. २,रुपन्देहीबाट निर्वाचित प्रतिधिनिधिसभा सदस्य,

👉 २०७० मंसीर ४ देखि २०७२ असौज ३ सम्म :क्षेत्र नं. ४, रुपन्देहीबाट निर्वाचित दोश्रो संविधानसभातथा व्यवस्थापिका संसदको सदस्य,

👉 २०७२ असौज ३(संविधानसभाबाट संविधान जारी भएपछि) देखि२०७४ असौज १८ सम्म :रुपान्तरित व्यवस्थापिका संसदको सदस्य,

👉 २०७० चैत्र १४ देखि २०७२ असौज ३ सम्म :संविधानसभाकोसंविधान अभिलेख अध्ययन तथा निक्र्यौल समितिको सभापति,

👉 २०६४ चैत्र २८ देखि २०६९ जेठ १४ सम्म : क्षेत्र नं. ४, रुपन्देहीबाट निर्वाचित संविधानसभा तथा व्यवस्थापिका संसद सदस्य,

👉 २०५६ जेठ ४ गते सम्पन्न प्रतिनिघिसभा सदस्यको निर्वाचनमा क्षेत्र नं. ३, रुपन्देहीबाट उम्मेवार, करीव ६०० को मतान्तरमा पराजित,

👉 २०५१ कार्तिक २९ देखि २०५५ माघ १ सम्म : निर्वाचन क्षेत्र नं. ३, पाल्पाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य ।

(ग) सरकारमा सहभागिता :
👉 २०७२ कार्तिक १९ देखि २०७३ श्रावण १९ सम्म : अर्थ मन्त्री,

👉 २०६७ चैत्र ३ देखि २०६८ भदौ ११सम्म :रक्षा मन्त्री,

👉 २०६५ भदौ ६ देखि २०६६ जेठ ७ सम्म : जलश्रोत मन्त्री,

👉 २०५३ चैत्र १२ देखि २०५४ असौज १० सम्म : युवा, खेलकूद तथा संस्कृति मन्त्री ।

(घ) महाधिवेशन प्रतिनिधि, केन्द्रीय कमिटी सदस्य र केन्द्रीय पदाधिकरी ः
👉 २०७१ श्रवाणदेखि २७५ जेठ सम्म :काठमाडाँैमा सम्पन्न नवौं राष्टिय महाधिवेशनबाट निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (एमाले),केन्द्रीय कमिटीको उपमहासचिव ।

👉 २०६५ फागुन देखि २०७१ असार सम्म : बुटवलमा सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (एमाले),केन्द्रीय कमिटीको सचिव ।

👉 २०५९ माघदेखि २०६५ फागुनसम्म: जनकपुरमा सम्पन्न सातौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचितनेपाल कम्युष्टि पार्टी (एमाले)को केन्द्रीय कमिटीबाट निर्वाचित स्थायी कमिटीको वैकल्पिक सदस्य ।

👉 २०५४ माघदेखि २०५९ माघ सम्म :नेपालगञ्जमा सम्पन्न छटौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (एमाले), केन्द्रीय कमिटीको सदस्य ।

👉 २०४९ माघ देखि २०५४ माघ सम्मःकाठमाडाँैमा सम्पन्न पाचौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचितनेपाल कम्युनिष्ट पार्टी(एमाले), केन्द्रीय कमिटी सदस्य ।

👉 २०४८ जेठदेखि २०४९ माघसम्म :नेपाल कम्युनिष्ट पार्टी (एमाले), केन्द्रीय कमिटी सदस्य ।

👉२०४६ भदौमा सिराहमा भूमिगत रुपमा सम्पन्न नेपाल कम्युनिष्ट पार्टी (माले)को चौथो महाधिवेशनको प्रतिनिधि ।

(ङ)संघर्ष तथा जनआन्दोलनमा भूमिका :
👉 २०३७ असार १२ गते नेपाल कम्युनिष्ट पार्टी (माले)का दस्तावेजहरु सहित रुपन्देही जिल्लाको गौतमवुद्ध विमानस्थल नजिकबाट गिरफ्तार । राजकाज मुद्धामा ३ बर्ष जेल र रु. ३००० जरिवानाको सजाय सहित भैरहवा जेल चलान । ४५ दिनको लगातारको मेहनत र तयारी पछि २०३७ भदौ १ गते विहान ४.३० बजे भैरहवा जेल बिद्रोह गरी सुरक्षित रुपमा जनताको माँझमा पुग्न सफल,

👉 २०३५–०३६मारुपन्देही जिल्लामा सञ्चालितपंचायती निरंकुशता विरोधी जनआन्दोलनमा सक्रिय भूमिका,

👉 २०४६–०४७मानवलपरासी जिल्लामा सञ्चालित पंचायति व्यवस्था विरोधी जनआन्दोलनमा नेतृत्वदायी भूमिका,

👉 २०६२–०६३मालुम्बिनी अञ्चलमा राजतन्त्रको अन्त्य र लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि सञ्चालित जनआन्दोलनमा नेतृत्वदायी भूमिका ।

(च) राजनीतिक यात्राको आरम्भ र विकासक्रम :
👉२०३४ मा अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी कम्यनिष्ट क्रान्तिकारी कोअर्डिनेशन कमिटी (माक्र्सवादी – लेनिनवादी) संग सम्पर्क।
👉२०३५ असौज७मा अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी कोअर्डिनेशन कमिटी (माक्र्सवादी – लेनिनवादी) को सदस्यता प्राप्त ।

👉 २०३५ मंसीर ३ देखि अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी कोअर्डिनेशन कमिटी (माक्र्सवादी – लेनिनवादी) को पूर्णकालिन कार्यकर्ता ।

👉२०३५ माघ ३ देखि रुपन्देही जिल्ला अन्तर्गत नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी – लेनिनवादी)को ईलाका कमिटी सदस्य ।
👉२०३७असौजमा नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी – लेनिनवादी) को रुपन्देही जिल्ला कमिटीको सदस्य । २०३७देखि २०४० कार्तिक सम्म नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी – लेनिनवादी) पाल्पा जिल्ला कमिटी सदस्य ।

👉 २०४० मंसीर देखि २०४७ मंसीर सम्म फरक–फरक समयमा नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी – लेननिवादी) जिल्ला कमिटी अर्घाखाची, गुल्मी र नवलपरासीको सचिव र पश्चिम दक्षिण क्षेत्रीय कमिटी (साविक लुम्बिनी अञ्चल) नेपाल कम्युनिष्ट पार्टी (माले)कोसदस्य ।

👉 राजतन्त्रात्मक पंचायति व्यवस्थाका शाशकहरुले कडा वारेण्ट जारी गरेको हुनाले २०३५ मंसीर ३ देखि २०४६ चैत्र २६ सम्म भूमिगत राजनीतिमा कृयाशिल । २०३५ मंसीर ३ देखि हाल सम्म पूर्णकालिन राजनीतिककर्मिको भूमिकामा कृयाशील ।

👉 २०३५, २०४६ सम्मको भूमिगत राजनीतिक जीवनमा कैलाश, पवन, जयन्त, कपिल, उमेश, दिव्य, ध्रुव आदि छद्म नामको प्रयोग ।

👉 २०४७ पुषमा नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी – लेनिवादी) तथा नेपाल कम्युनिष्ट (माक्र्सवादी)को एकीकरण भए लगत्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय परिषद सदस्यमा मनोनित ।

👉 २०४७माघ देखि २०४९ माघसम्म नेपाल कम्युनिष्ट पार्टी (एमाले)को महाकाली अञ्चल ईन्चार्ज । २०४९ देखि २०७३ सम्म विभिन्न समयमा ६ पटक(करीव १० बर्ष) लुम्बिनी अञ्चल ईञ्चार्ज ।

👉 २०५१ माघ २७ र २०६१श्रावण १९ देखि नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय संगठन विभागको प्रमुख । २०५५ असार २० देखि केन्द्रीय संगठन विभागको सचिव र विभिन्न समयमा ६ कार्यकाल केन्द्रीय संगठन विभागको सदस्य ।

👉२०५३ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) उद्योग व्यवसाय विभागको प्रमुख । २०५५ असार २७मा स्थानीय निकाय विभागको प्रमुख । २०६६ असार ५ मासंविधानसभा संसदीय विभागको प्रमुख ।

👉 २०५६ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कार्यालयको सचिव ।

👉२०६१ साउन १५ र २०६९ असार ८ देखि नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय सचिवालय सचिव । २०५१ देखि हालसम्म विभिन्न समयमा केन्द्रीय सचिवालयको सदस्य ।

👉 २०६६ असार ५ देखि नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको तर्फबाट पश्चिमाञ्चल विकास क्षेत्रको पार्टी कामको अनुगमन ।

👉२०७३ असौज ११ देखि नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेश नंं. ५ संगठन कमिटीको संयोजक ।

(छ) भ्रमण :
👉स्वदेशः ७७ जिल्ला मध्ये ७२ जिल्ला ।

👉विदेश : सन् १९९४ मा सम्माननीय प्रधानमन्त्री मनमोहन अधिकारीको नेतृत्वमा उच्चस्तरीय प्रतिनिधि मण्डलको सदस्यको हैसियतले चीनको भ्रमण । सन् १९९५ मा संयुक्त राष्टसंघको पचासौं साधारणसभामा नेपाली प्रतिनिधिमण्डलको सदस्यको हैसियतले सहभागि । त्यसक्रममा संयुक्त राज्य अमेरिकाको भ्रमण । सन् २०१६मा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा उच्चस्तरीय प्रतिनिधि मण्डलको सदस्यको हैसियतले भारत र चीनको भ्रमण । विभिन्न समयमा औपचारिक तथा अनौपचारिक हैसियतमा बेलायत, केन्या, जर्मनी, श्रीलंका, जापान, अष्टेलीया, थाईल्याण्ड, टर्कि आदि मुलुकहरुको भ्रमण ।