प्रहरीले जनताकाे अास्था र विश्वास नगुमाअाेस् – गृहमन्त्री
गृहमन्त्री रामबहादुर थापाले प्रहरीमाथि जनताको अगाध आस्था र विश्वास रहेको उल्लेख गर्दै थापाले इमान्दारीता र र व्यवसायीक कार्यको विकल्प नभएको बताएका छन् ।
लकडाउन र कोरोना संक्रमणबाट नयाँ सुरक्षा चुनौती थपिएको थापाकाे विश्लेषण छ।
६५ औं प्रहरी दिवसको अवसमा नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा बोल्दै गृहमन्त्री थापाले अप्ठेरो समयमा नै सुरक्षा चुनौती बढ्ने भन्दै शान्तिसुरक्षाका लागि सतर्क बन्न प्रहरी संगठनलाई निर्देशन दिए ।
थापाले कोरोना संक्रमणकै बीचमा विभिन्न आपराधिक संगठनहरु सक्रिय बनेको जनाए । उनले भने, ‘
‘भूमिगत समूहले चन्दा असुली गर्ने प्रयास गरिरहेका छन्, त्यस्ता समूहलाई निस्तेज पार्न प्रहरीले कतै सम्झौता गर्ने छैन भन्ने मेरो विश्वास छ।’
प्रहरीमाथि जनताको अगाध आस्था र विश्वास रहेको उल्लेख गर्दै थापाले इमान्दारीता र र व्यवसायीक कार्यको विकल्प नभएको बताए । उनले प्रहरीलाई शान्ति मिसनमा थप सहभागीता गराउन सम्बन्धित निकायसँग समन्वयका लागि सुझाव समेत दिए ।
गृहमन्त्री थापाले गृहमन्त्री रामबहादुर थापा ले प्रहरीको रासन सुविधा र कल्याण कार्यक्रमलाई समानुकुल सुधार गर्न आफू तयार रहेको पनि बताए । थापाले भने, ‘रासन सुविधा र कल्याणको कार्यक्रम समयानुकुल सुधार गर्न मन्त्रालय तत्पर छ ।’
अहिले काठमाडौं उपत्यकामा प्रहरी जवानले दैनिक १ सय ७५ रुपैयाँ रासन खर्च पाउँछन् ।