नेपालमा काेराेना : २२५३ थपिए, ७३.७% निकाे, ५३५ काे मृत्युु

मूलखबर संवाददाता
काठमाडौं

नेपालमा कोरोनाभाइरसका दुई हजार २५३ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १२ हजार ७८४ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा १२ हजार ७८४ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा दुई हजार २५३ जनामा सङ्क्रमणको पुष्टि भएको हो । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित ८६ हजार ८२३ पुगेको छ । हाल २२ ह्जार २१९ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

मन्त्रालयले दिएको जानकारीअनुसार  पछिल्लो चौबीस घण्टामा एक हजार ३२९ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ६४ हजार ६९ सङ्क्रमित निको भएर घर फर्केका छन् । जुन कुल सङ्क्रमितको करिब ७३.७ प्रतिशत हो ।

त्यसैगरी, पछिल्लो चौबीस घण्टामा सात जना सङ्क्रमितको मृत्यु भएको छ । यो सँगै कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ५३५ पुगेको छ ।