यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
प्रदेश ५ काे राजधानी दाङकाे भालुवाङ र नाम लुम्बिनी, बुटबलमा बिराेध प्रदर्शन. मूलखबर संवाददाता काठमाडौं लामाे समयकाे विवाद र छलफलपछि प्रदेश ५ काे नाम लुम्बिनी र राजधानी दाङकाे भालुवाङ बन्ने निर्णय भएको छ ।. शुक्रबार प्रदेश सभामा नाम र राजधानीबारे ठाेस प्रस्ताव पेश भएको थियाे ।. प्रदेशकाे राजधानीबारे नेकपाका दुई अध्यक्षबीच सहमति र गृन सिग्नलपछि प्रदेश ५ का मुख्य मन्त्री शंकर पाेखरेलले माअाेवनदिले यश अघि प्रस्ताव गरेकाे दाङकाे भालुवाङलाई नै राजधानी बनाउने प्रस्ताव अगाडि बढाएका हुन् ।. प्रदेश ५ मा १२ जिल्ला छन् । ती जिल्लाहरुमा नवलपरासी (पश्चिम), रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, दाङ, प्युठान, रोल्पा, रुकुम(पूर्व) बाँके र बर्दिया पर्छन् ।. करिब ४९ लाख जनसंख्या रहेको यस प्रदेशको क्षेत्रफल लगभग २२ हजार २७७ वर्ग किमी छ । नक्सामा हेर्दाखेरि दाङको भालुवाङस्थित राप्ती उपत्यकामा तोकिएको राजधानी सबै जिल्लालाई पायक पर्ने गरी प्रदेशको मध्यभागमा पर्छ ।. हेर्नुहोस् नक्साः. नक्साको हिसाबले मात्र होइन, आवत–जावतको हिसाबले पनि बुटवलमा राजधानी राख्दा बाँके, बर्दिया, रुकुम, रोल्पा र प्युठानका जनतालाई राजधानीसम्म आउन टाढा पर्छ । तर, भालुवाङ उनीहरुका लागि बुटवलभन्दा नजिक पर्छ ।. अझ, दाङको पनि सदरमुकामतिर नभई अर्घाखाँची, कपिलवस्तु र प्युठानको सीमाक्षेत्रमा पर्ने भालुवाङ क्षेत्रमा राजधानी तोक्दा पश्चिमी जिल्लाका जनतालाई पायक पर्ने देखिन्छ ।. भालुवाङको तुलनामा बुटवलमा राजधानी बनाउँदा पश्चिमी जिल्लाका जनतालाई निकै नै टाढा पर्न जाने देखिन्छ ।. तर, बुटवल नै स्थायी राजधानी हुनुपर्छ भन्ने नेताहरुको तर्कचाहिँ भैरहवा अन्तरराष्ट्रिय विमानस्थल र काठमाडौं आवागमनको सहजतालाई हेरिनुपर्ने रहेको छ ।. रुपन्देहीमै घर भएका कांग्रेस नेता बालकृष्ण खाँड भौतिक पूर्वाधार, केन्द्रीय राजधानी काठमाडौं आवागमनमा सहजता, निर्माणाधीन भैहरवा अन्तरराष्ट्रिय विमानस्थल र सुरक्षाको कोणबाट बुटवल नै स्थायी राजधानीका लागि उपयुक्त हुने तर्क गर्छन् ।. बुटवलबाट दाङ राजधानी सारेपछि बुटबलमा विराेध प्रदर्शन भएको छ । प्रतिपक्षी दल नेपाली काँग्रेसले विराेधकाे नेतृत्व गरेकाे छ ।.
प्रदेश ५ काे राजधानी दाङकाे भालुवाङ र नाम लुम्बिनी, बुटबलमा बिराेध प्रदर्शन
मूलखबर संवाददाता
काठमाडौं
लामाे समयकाे विवाद र छलफलपछि प्रदेश ५ काे नाम लुम्बिनी र राजधानी दाङकाे भालुवाङ बन्ने निर्णय भएको छ ।
शुक्रबार प्रदेश सभामा नाम र राजधानीबारे ठाेस प्रस्ताव पेश भएको थियाे ।
प्रदेशकाे राजधानीबारे नेकपाका दुई अध्यक्षबीच सहमति र गृन सिग्नलपछि प्रदेश ५ का मुख्य मन्त्री शंकर पाेखरेलले माअाेवनदिले यश अघि प्रस्ताव गरेकाे दाङकाे भालुवाङलाई नै राजधानी बनाउने प्रस्ताव अगाडि बढाएका हुन् ।
प्रदेश ५ मा १२ जिल्ला छन् । ती जिल्लाहरुमा नवलपरासी (पश्चिम), रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, दाङ, प्युठान, रोल्पा, रुकुम(पूर्व) बाँके र बर्दिया पर्छन् ।
करिब ४९ लाख जनसंख्या रहेको यस प्रदेशको क्षेत्रफल लगभग २२ हजार २७७ वर्ग किमी छ । नक्सामा हेर्दाखेरि दाङको भालुवाङस्थित राप्ती उपत्यकामा तोकिएको राजधानी सबै जिल्लालाई पायक पर्ने गरी प्रदेशको मध्यभागमा पर्छ ।
हेर्नुहोस् नक्साः

नक्साको हिसाबले मात्र होइन, आवत–जावतको हिसाबले पनि बुटवलमा राजधानी राख्दा बाँके, बर्दिया, रुकुम, रोल्पा र प्युठानका जनतालाई राजधानीसम्म आउन टाढा पर्छ । तर, भालुवाङ उनीहरुका लागि बुटवलभन्दा नजिक पर्छ ।
अझ, दाङको पनि सदरमुकामतिर नभई अर्घाखाँची, कपिलवस्तु र प्युठानको सीमाक्षेत्रमा पर्ने भालुवाङ क्षेत्रमा राजधानी तोक्दा पश्चिमी जिल्लाका जनतालाई पायक पर्ने देखिन्छ ।
भालुवाङको तुलनामा बुटवलमा राजधानी बनाउँदा पश्चिमी जिल्लाका जनतालाई निकै नै टाढा पर्न जाने देखिन्छ ।
तर, बुटवल नै स्थायी राजधानी हुनुपर्छ भन्ने नेताहरुको तर्कचाहिँ भैरहवा अन्तरराष्ट्रिय विमानस्थल र काठमाडौं आवागमनको सहजतालाई हेरिनुपर्ने रहेको छ ।
रुपन्देहीमै घर भएका कांग्रेस नेता बालकृष्ण खाँड भौतिक पूर्वाधार, केन्द्रीय राजधानी काठमाडौं आवागमनमा सहजता, निर्माणाधीन भैहरवा अन्तरराष्ट्रिय विमानस्थल र सुरक्षाको कोणबाट बुटवल नै स्थायी राजधानीका लागि उपयुक्त हुने तर्क गर्छन् ।
बुटवलबाट दाङ राजधानी सारेपछि बुटबलमा विराेध प्रदर्शन भएको छ । प्रतिपक्षी दल नेपाली काँग्रेसले विराेधकाे नेतृत्व गरेकाे छ ।