ह्वाट्सएप च्याटमा आफू पनि संलग्न भएको दिपीकाको खुलासा

मूलखबर संवाददाता
नयाँ दिल्ली, १३ असोज

दीपिका पादुकोण ड्रग्स प्रकरणमा मुछिएकी छिन्। उनले ह्वाट्सएप च्याटमा आफू पनि संलग्न भएको खुलाएकी छिन्। दीपिकाले नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसिबी) सँग करिश्मासँग ड्रग्सबारे कुराकानी स्वीकार गरेको भारतीय संचारमाध्यमले जनाएका छन्।

दीपिकाको स्वीकारोक्तिले थप तरंग पैदा गरेको छ। म्यानेजर करिश्मा प्रकाशसँगै सोधपुछका क्रममा उनका कतिपय कुराबाट एनसिबीका अधिकारीहरू सहमत हुन नसकेकाले थप सोधपुछ भइरहेको संचारमाध्यमले जनाएका छन्। सुशान्त सिंह राजपुतको मृत्युको मामिलामा एनसिबी लागुऔषधको कोणबाट जाँच गरिरहेको छ।

सुशान्त मृत्युपछि विभिन्न् कलाकार र उनका परिवारका सदस्यहरुमाथि विस्तृत अनुसन्धान जारी छ ।