फेरि थपिए १३१३ संक्रमित : निको भए १४५५, मृत्यु ४५९, जम्मा संक्रमित ७०,६१४ जना

मूलखबर संवाददाता
काठमाडौं, ९ असोज ।

नेपालमा कोभिड–१९ का एक हजार ३१३ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा एक हजार ३१३ जना नयाँ सङ्क्रमितको पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १२ हजार २६२ वटा नमूना परीक्षण गरिएको हो । योसँगै नेपालमा नौ लाख ६८ हजार १८५ वटा आरटी पीसीआर परीक्षण भएको छ ।

मन्त्रालयले नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा १२ हजार २६२ जनाको आरटीपीसीआर परीक्षण गरिएको जनाएको छ । थपिएका नयाँ सङ्क्रमितसँगै कुल सङ्क्रमित ७० हजार ६१४ पुगेको छ ।

चौबीस घण्टामा एक हजार ४५५ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । यससँगै निको भएकाको संख्या ५१ ह्जार ८६६ पुगेको छ । कोरोना संक्रमणमुक्त हुने दर ७३।४ प्रतिशत पुगेको छ । मन्त्रालयले हाल १८ हजार २८९ जनामा कोरोना भाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ ।

आइसोलेसनमा कुल १८ हजार २८९ पुगेको छ । होम आइसोलेसनमा दश जार ५२ सहित १८ हजार २८९ जनामा संक्रमितहरु आइसोलेसनमा रहेका छन् । क्वारेन्टिनमा छ हजार ४६४ जना छन् ।

६ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा ६ जनाको मृत्यु भएको छ । हिजो सबैभन्दा बढी नेपालमा १७ जनाको संक्रमितको मृत्यु भएको थियो । योसँगै नेपालमा कुल मृत्यु हुनेको संख्या ४५९ पुगेको छ ।