नेकपा स्थायी समिति बैठक बालुवाटारमा, प्रचण्डको मुख्य अध्यक्षता, सदस्यहरुले मत राख्दै
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को स्थायी कमिटीको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चलिरहेको छ । करिब डेढ महिनापछि बसेको स्थायी कमिटी बैठकको मुख्य अध्यक्षता पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली एवम् अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तयार पारेको साझा राजनीतिक प्रस्तावमाथि छलफल भइरहेको बैठकमा आफ्नो छोटो सम्बोधन राखेर ओली बाहीरीएपछि पनि बैठक जारी छ ।
दुई अध्यक्षले प्रस्ताव तयार गरेपछि लामो समयदेखि अवरुद्ध स्थायी समिति बैठक आज शुक्रबार बसेको हो । गत असार १० गतेदेखि शुरुभएको स्थायी कमिटी बैठक पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्रीले अध्यक्ष र प्रधानमन्त्री पद छाड्नुपर्ने र प्रधानमन्त्रीले अन्य नेताहरुलाई भारतीइ दलालको आरोप लगाएपछि भाँडिएको थियो ।
पार्टीभित्रको आन्तरिक विवाद चुलिएपछि दुई अध्यक्षले साउन ३० गते ६ सदस्यीय कार्यदल गठन गर्नुभएको थियो । कार्यदलले पार्टीको आन्तरिक विवाद सल्टाउने सुझावसहितको विषय तयार गरेर भदौ ६ गते प्रतिवेदन बुझाएको थियो । सोही प्रतिवेदनलाई परिमार्जन सहित अध्यक्षद्वयले पेश गरेपछि त्यसमा आधारीत भएर छलफल भइरहेको छ ।
विवाद समाधान कार्यदलले तयार पारेको प्रतिवेदनलाई भदौ १८ को सचिवालय बैठकले त्यहाँ व्यक्त नेताहरूका विचारसमेत समेटेर दुई अध्यक्षलाई सहमतिको प्रस्ताव तयार गर्न जिम्मा दिएको थियो ।
उक्त प्रस्ताव दुई दिनअघि नै स्थायी कमिटी सदस्यहरुलाई अध्ययनको लागि पठाएको थियो । प्रस्ताव अध्ययनपछि सदस्यहरुले आफ्ना राय सुझाव बिहीबार साँझ नै इमेलमार्फत पठाउन महासचिव विष्णु पौडेलले पत्र जारी गरेका थिए ।
नेकपा बैठकमा खाजाका लागि गरिएको ‘ब्रेक’ समयसम्मम ९ जना स्थायी समिति सदस्यले आ–आफ्नो धारणा राखिसकेका छन् ।
जसमा नेपालसहित स्थायी समिति सदस्यहरु देव गुरुङ, लिलामणि पोख्रेल, घनश्याम भुसाल, मातृका यादव, अष्ठलक्ष्मी शाक्य, भीम आचार्य, रघुजी पन्तलगायत रहेका छन् ।
आजको बैठकमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली केहीबेर बैठकमा सहभागी भएर बाहिरिएका थिए । उनी अर्का अध्यक्ष प्रचण्डलाई बैठक सञ्चालनको जिम्मेवारी दिएर बाहिरिएको बताइएको छ ।
आन्तरिक विवादका कारण झण्डै डेढ महिना अघि स्थगित बैठक विवाद समाधानउन्मुख भएपछि शुक्रबार बसेको हो । बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डले तयार पारेको पार्टी र सरकार सञ्चालनसम्बन्धि १५ बुँदे प्रस्तावमाथि सामान्य छलफल गरेर पारित गर्ने तयारी छ ।
गत असार १० गतेबाट सुरु भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको विषय चर्किएपछि साउन १३ पछि अनिश्चितकालका लागि स्थगित भएको थियो ।
कार्यदललाई नै आधार बनाएर तयार एजेण्डामा दुई अध्यक्षको जिम्मेवारीबारे प्रस्ट पार्नेदेखि चैतमा महाधिवेशन गर्ने, निश्चित मापदण्डका आधारमा मन्त्रि तथा राजनीतिक नियुक्ति गर्ने, पार्टी एकताका बाँकी काम असोज महिनामा सक्ने,लगायतका विषय समेटिएका छन् ।
कोभिड १९, एमसीसी, लगायतका विषय समेटिएको अध्यक्षद्धयको प्रतिवेदन पारित गर्ने र बैठक स्थगित गर्ने तयारी भइरहेको नेताहरुले बताएका छन् । तर कार्यदल हुँदै अध्यक्षले अन्तिम रुप दिएको प्रस्तावमा वरिष्ठ नेता माधवकुमार नेपालले असन्तुष्टि जनाएका
नेकपा बैठकमा खाजाका लागि गरिएको ‘ब्रेक’ समयसम्मम ९ जना स्थायी समिति सदस्यले आ–आफ्नो धारणा राखिसकेका छन् ।
जसमा नेपालसहित स्थायी समिति सदस्यहरु देव गुरुङ, लिलामणि पोख्रेल, घनश्याम भुसाल, मातृका यादव, अष्ठलक्ष्मी शाक्य, भीम आचार्य, रघुजी पन्तलगायत रहेका छन् ।
आजको बैठकमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली केहीबेर बैठकमा सहभागी भएर बाहिरिएका थिए । उनी अर्का अध्यक्ष प्रचण्डलाई बैठक सञ्चालनको जिम्मेवारी दिएर बाहिरिएको बताइएको छ ।
आन्तरिक विवादका कारण झण्डै डेढ महिना अघि स्थगित बैठक विवाद समाधानउन्मुख भएपछि शुक्रबार बसेको हो । बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डले तयार पारेको पार्टी र सरकार सञ्चालनसम्बन्धि १५ बुँदे प्रस्तावमाथि सामान्य छलफल गरेर पारित गर्ने तयारी छ ।
गत असार १० गतेबाट सुरु भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको विषय चर्किएपछि साउन १३ पछि अनिश्चितकालका लागि स्थगित भएको थियो ।
यो विचमा पार्टी नै फुटाउने तहसम्म पुगेका नेताहरुबीच पटक पटकको संवाद र विवाद समाधान गर्न कार्यदल गठन गरेर विवादलाई समाधानतर्फ लगेपछि बैठक पुनः बस्ने वातावरण बनेको हो ।
गत साउन ३० गते महासचिव विष्णु पौडेलको नेतृत्वमा गठन भएको ६ सदस्यीय कार्यदलले दिएको प्रतिवेदनका आधारमा अध्यक्ष ओली र प्रचण्डले बैठकका एजेण्डा तयार गरेका छन् । कार्यदललाई नै आधार बनाएर तयार एजेण्डामा दुई अध्यक्षको जिम्मेवारीबारे प्रस्ट पार्नेदेखि चैतमा महाधिवेशन गर्ने, निश्चित मापदण्डका आधारमा मन्त्रि तथा राजनीतिक नियुक्ति गर्ने, पार्टी एकताका बाँकी काम असोज महिनामा सक्ने,लगायतका विषय समेटिएका छन् ।
कोभिड १९, एमसीसी, लगायतका विषय समेटिएको अध्यक्षद्धयको प्रतिवेदन पारित गर्ने र बैठक स्थगित गर्ने तयारी भइरहेको नेताहरुले बताएका छन् । तर कार्यदल हुँदै अध्यक्षले अन्तिम रुप दिएको प्रस्तावमा वरिष्ठ नेता माधवकुमार नेपालले असन्तुष्टि जनाएका छन्।
न्।