यसकारण राम मन्दिर फण्डा अस्वभाविक

सन्ताेष पनेरू
चितवन

हामी राम मन्दिर निर्माणका निरपेक्ष बिरोधि होईनौं ! एउटा भौतिकबादी हुनाका कारण धार्मिक आस्थाका जगमा बनाईने सबै प्रकारका बिम्बहरु अस्विकार्य छ तर कम्युनिष्ट हुनाका नाताले हामी बहुसंख्यक जनताको भावनालाई सम्मान गर्छौ उहाँहरुको धार्मिक आस्था वा कार्यलाई अनादार गर्दैनौं !

माडीमा राम मन्दिर र अयोध्या वारे बहुचर्चा भैरहदाँ केहि मत सार्वजनिक गर्नै पर्ने भयो ! यसमा तपाईहरु सहमत नहुन पनि पाउनु हुन्छ, तर ईतिहास र बिबेकका लागि म मेरो मत राख्न चाहान्छु !

यि ६ बस्तुगत कारण ले राम मन्दिर फण्डा अस्वभाविक छ !

१. यो राष्ट्रिय राजनितिमा यस्तो समयमा फ्याकिएको पासा थियो । एकातर्फ नेकपामा आन्तरिक बिबाद थियो । अध्यक्ष प्रचण्डलाई स्वाद दिन अर्का अध्यक्ष एवं प्रधानमन्त्रि केपी ओलिले चाल्नुभएको चलाख गोटी थियो ‘अयोध्या चर्चा’ । प्रचण्डकै निर्वाचन क्षेत्रमा प्रचण्डलाई बायस गरेर गरिएको राजनीति थियो । यसकारण यो स्वभाबिक छैन ।

२. यो यस्तो बेला अघि सारियो जतिबेला चेपाङहरुको बस्तिमा गरिएको आगजनीले सरकारको तिब्र आलोचना र दबाब परिरहेको थियो ! श्रमजिबि जिउँँदा भगवानका घरहरु जल्दै गर्दा त्यसको पुनर्निमाण र निकुञ्ज सम्बन्धित ऐनहरुको संसोधन र ब्यबस्थापनलाई सचेतपुर्वक छल्ने नियतले ल्याईएको चाल थियो ।

३. यो नेपालमा सर्बाधिक बिक्रिहुने ‘एण्टी ईण्डिया मुभ’ संग गरिएको ‘पोलिटिकल बिजनेस’ थियो । भारतबिरोधि फण्डा बराबर राष्ट्रबादी नेता भन्ने पुरानो थ्योरीको ईम्प्लिमेन्ट माडीमा (नेपाल) राम जन्मेका हुन् भनेर गर्न खोजियो । भोलि पार्टी बिभाजन वा समिकरण बदलावमा आफ्नो ‘हिरोईजम्’ लाई स्थापित गर्ने भित्रि नियत यसमा लुकेको थियो ।

४. माडीको बिकास हुन्छ भन्ने नारा दिदैं केही साथिहरु यसमा जोडजोडले लागिराख्नु भएको छ, के माडीको बिकास राम मन्दिर नबनेकाले नै रोकिएको थियो त ? यदी सरकार माडीलाई पर्यटनको हब बनाउन चाहान्छ भने हामीले १० बर्ष देखि उठाउदै आएको निकुञ्ज माथिको आकसे पुल निर्माण गर्न १ अर्ब छुट्टाउन के ले रोकेको थियो ? माडीको बिकासको लागी भन्ने पबित्र नियत हो भने राज्यले पहिले निकुञ्ज का अमानबिय ऐन संसोधनलाई प्राथमिकतामा राख्दैन् ?

५. नेपालको संबिधान धर्मनिरपेक्षतालाई स्विकार गर्छ, राज्य प्रमुख नै मन्दिर बनाउन लाग्नु कत्तिको संबैधानिक र धर्म सापेक्षताको सम्मान हो ?

६. अन्त्यमा हामी भौतिकबादी हौं, हामीलाई बाटो, पुल, कुलेसो , भौतिक पुर्वाधार, अस्पताल र स्कुलहरुमा बिश्वास छ ! हामीलाई माडीका थारुहरु मौलिक पहिचान माथि बिश्वास छ, हामीलाई माडीका दलितहरुको संघर्षमा स्नेह छ, हामीलाई उत्पिडनमा परेका माडीबासीहरुको पहिलो आवश्यकतामा चिन्ता छ, यही हो हाम्रो प्राथमिकता ।

राम मन्दिरको अभियानमा लागेका कामरेडहरु, मित्रहरु !
यि कुरा एकैछिन छेउ लगाउँ, लौ तपाईहरुको ऐजेण्डामा हामी बिरोध नगरौला ! तर आउनुहोस् २ काम गरौं ! पहिले ५० बिगाहा प्रस्तावित जमिन जुटाएर मन्त्रिपरिषदबाट जमिन सारौं ! एउटा प्राबिधिक शिक्षालय बनाउन ५ बिगाहा जग्गा नामसारी गराउन नसकेर हालत खराबको अनुभुति गरेका हामी नै हौं ! यदी तपाईहरु यो मिसनमा बिस्वस्त हुनुहुन्छ भने जग्गाको निर्णय गराएर कम्तिमा १ अर्बको बजेट र त्यसको डिपिआर पास गराएर ल्याउनु होस् । धार्मिक पर्यटनको बिकासमा हाम्रो सहमति रहनेछ ! तर अमुक नियतले फ्याकिएको चारोले निर्णयमा नपुराउदा हामीलाई दोष नदिनु होला ।

( नोट : यो मेरो मत हो, मलाई थाहा छ, धर्ममारा, बिकास बिरोधिका थुप्रै आरोप सदा झै आउनेछ, सके मलाई माडी बाहिर बसेर माडीको बिकास देख्न नसक्नेको पछी लागेको आरोप पनि म त्यो सहन तयार छु तर कृपया निकृष्ट प्रतिक्रिया नदिनु होला )