
लमजुङमा भदौ १२ सम्म लकडाउन लम्बियो, विहान र बेलुका ५ देखि ८ बजेसम्म अत्यावश्यक पसल खोल्न पाइने
बेशीशहर, ७ भदौ ।
लमजुङमा ५ दिनदेखी जारी बन्दाबन्दीलाई थप ५ दिन अर्थात भदौ १२ गते राती १२ बजेसम्मलाई निरन्तरता दिईएको छ ।
यसअघिको बन्दाबन्दीको निर्णय आज आईतबार राती १२ बजेसम्म रहेकोमा आज जिल्ल प्रशासन कार्यलयमा बसेको बैठकले थप ५ दिन थप्ने गरी निरन्तरता दिईएको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले जानकारी दिनुभयो ।
लमजुङमा केही दिन देखि सुन्दरबजार नगरपालिका र दोर्दी गाउँपालिकामा संक्रमण विस्तार भएको आशंकामा स्वावहरु संकलन गरि परिक्षण गर्ने क्रम तिब्र पारिएको थियो ।
आज आएको परिषणको रिपोर्ट अनुसार ३३ जनामध्ये ३२ जनाको रिपोर्ट नेगेटिभ आएको जानकारी गराइएको छ ।
जिल्ला प्रशासन कार्यालयबाट प्रेसित विज्ञपित अनुसार सुन्दरबजार नगरपालिका, दोर्दी गाउँपालिका, मध्यनेपाल नगरपालिका, राइनास नगरपालिका र दुधपोखरी गाउँपालिका मा अत्यावश्यक पसलहरु विहान ५ देखि ८ बजेसम्म र बेलुका ५ बजेदेखि ८ बजेसम्म खोल्न पाइने छ भने अन्य व्यवसथाहरु पहिलेझै रोक लगाइएको छ ।
