चर्चित गायिका पुजा क्षेत्रीको तीज गीत ‘के मा चित्त दुख्यो मयालै’ सार्वजनिक (भिडियो सहित)

मूलखबर संवाददाता
काठमाडौं, ३१ साउन ।

गत बर्षको तीजमा तहल्का मच्चाएको सुपरहिट गीत तिम्रो मायाको अत्याधिक सफलता पछि चर्चित गायिका पुजा क्षेत्रीले यस बर्षको तीजको कोसेली “के मा चित्त दुख्यो मयालै” लिएर आएकी छिन् ।

हिन्दुहरुको महान पर्व हरितालिका तीजको अवसरमा चर्चित सर्जक शिब हमालको लय तथा शब्दमा बहुप्रतिभाशाली लोकदोहोरी गायक राजु परियार र गायिका पुजा क्षेत्रीको आवाजमा रहेको तीज गीत “के मा चित्त दुख्यो मयालै” एक्सिस् मिडिया इन्टरटेन्मेन्ट युटूव च्यानलबाट भर्खरै मात्रै (भिडियो सहित) सार्वजनिक भएको हो ।
समकालीन कलाकार भन्दा फरक देखिन रुचाउने गायिका क्षेत्रीले कुनै स्टेज कार्यक्रममा मात्र होइन आफ्ना एल्बमहरुमा समेत नेपाली समाज र समय सापेक्ष सन्देश पस्कने गर्दछिन् ।

मौसम हिमालीको निर्देशनमा लोकदोहोरी गायक तथा मोडल रामजी खाँड र अञ्जली अधिकारीको धमकेदार नृत्य प्रस्तुती रहेको उक्त भिडियोमा अजय रेग्मीले छाँयाकन तथा प्रबिन भट्टको सम्पादन रहेको छ ।

सुर्खेतमा जन्मिएकी पुजा क्षेत्री हाल काठमाडौंमा सांगीतिक क्षेत्रमा संघर्षरत छिन् । सुन्दरी गायिकाको रुपमा परिचित क्षेत्री गायनमा मात्र होइन, मोडलिङमा पनि उत्तिकै जम्छिन । उनले १६ वटा भन्दा बढि एल्बम बजारमा आईसकेको छ भने २४ भन्दा बढि गीतहरुमा आवाज दिईसकेकी छिन् । उनले मिलन लामा सँग गाएको तिम्रो माया र भुरुरु पुतली उड्यो बोलको गीत पनि चर्चामा रहेको थियो ।

हरितालिका तीज नेपाली महिला तथा संस्कृतिको सम्बन्ध रहेको हुनाले परम्परा संरक्षण गर्नको लागि आफूले मौलिक गीतलाई प्राथमिकता दिदै आएकोले सांगीतिक यात्रामा अझै अघि बढ्दै जाने र सांगीतिक क्षेत्रलाई निरन्तर अघि बढाउने योजना रहेको बताउछिन् ।

https://www.youtube.com/watch?v=qA2S_soCzgQ