रुपान्तरण सहितको पार्टी एकता आजको आवश्यकता

–इन्द्र गौतम ‘जगतजंग’
काठमाडौं

“मानव समाजको इतिहास वर्ग संघर्षको इतिहास हो ।” मार्क्सको भनाइ अनुसार मूलत वर्गीय समाजको रुपान्तरण वर्ग संघर्षवाट नै हुन्छ । नेपाली समाजको वर्गसंघर्ष कहिले जनआन्दोलनको रुपमा, कहिले किसान र जातीय विद्रोहको रुपमा, कहिले शसस्त्र संघर्ष र जनयुद्धको रुपमा, कहिले जनयुद्ध र जनआन्दोलनको समायोजनको रुपमा, कहिले वार्ता र शान्ति प्रक्रीयाको रुपमा, कहिले चुनावको रुपमा, कहिले विभिन्न सामाजिक अभियानको रुपमा अभिव्यक्त भएको छ ।

“विज्ञानसम्म पुग्न वनिवनाउ राजमार्ग हुदैन ।” भन्ने मार्क्सको मान्यता अनुसार नेपाली वर्ग संघर्षले आफ्नो बाटो आफै निमार्ण गरी आजसम्म आईपुग्दा सामन्तवादको अन्त्य भई हाम्रो वाटो समाजवादमा पुगेको छ । तर हामीसँग समाजवादी आन्दोलनको वनीवनाउ राजमार्ग छैन । हामीले आजको समाजवादी आन्देलनको वाटो पहिल्याउन पार्टी एकता गयौ । कम्युनिष्ट आन्दोलनलाई कायम राख्न र नयाँ गति दिन भएको पार्टी एकता नेपाली कम्युनिष्ट आन्दोलनको एउटा महान परिघटना थियो । यो कदमले वाहीरी नवउदारवादी रणनितीलाई परास्थ गर्दै नेपाली श्रमजिवि जनताको समाजवादी आन्दोलनलाई नयाँ ढंगले पूनरसंगठीत गयो । यसले निकै ठुलो आशा, भरोसा, उत्साह र विश्वास दिलाएको छ । जसले समृद्ध नेपाल निर्माण गर्ने आधारहरु खडा गरेको छ । तर पार्टी एकता संक्रमणकालीन अवस्थामा गुज्रीरहेको छ ।

दुनियाँ वदल्नु छ भने दुवै अध्यक्षहरु जिम्वेवार र जवाफदेही हुनै पर्दछ । एउटा हातले मात्र ताली नवज्ने भएकाले दुवै अध्यक्षहरुले दुरदर्शिता र लचकता अपनाउन आवश्यक छ । वहाहरु दुवैको तर्फवाट आवश्यक अनुसारको त्याग गरी रुपान्तरण सहीतको पार्टी एकतालाई सुदृढ वनाउन प्रतिवद्ध हुनै पर्दछ ।

दुनियाँको राजनैतिक पानी ढलो नवउदारवादी रणनीति अन्र्तगत दलाल वादमा अभिव्यक्त भएको छ । जस्ले विश्वव्यापी प्रभाव पारेको छ । नेपाली समाजमा त्यसको प्रभाव, विश्व शक्ती केन्द्रहरुको प्रभाव र चलखेल, प्रतिक्रीयावादीहरुको अवस्था आदिको प्रतिविम्व र प्रभाव नेकपामा परिरहेको छ । पदमा पुगेका जिम्वेवार नेताहरुमा व्यक्तीवाद हावी हुनु, वैठकमा उपस्थीत नहुनु, सामुहिक निर्णयवाट भाग्नु, पार्टी र सरकार संचालनमा निति, विधी, पद्धति, प्रक्रीयाको पालना नगर्नु, राजनितिक नियुक्तीहरु एकतर्फी र पारदर्सी नहुनु, विचारको प्रश्नमा छल, छाम, षडयन्त्रमा लाग्नु र लगाउनु, राष्ट्रियताका सवाल रुपमा क्रान्तिकारी तर सारमा आत्मसमरपणवादी हुनु, आज एमसीसीको वहस साँच्चो अर्थमा राष्ट्रियताको वहस हो । आईपीएस÷एमसीसी नयाँ प्रकारको उपनिवेशवाद, लुट र युद्ध हो ।

एमसीसी जसरी पनि पास गर्न खोज्नु, जनतन्त्र र जनजिविकाको सवालहरुमा परिवर्तन नआउनु, आन्दोलन समाजवादी होइन दलाल पुँजिवादी वन्दै जानु, कम्युनिष्ट मुल्य, मान्यता, संस्कार र संस्कृतीमा स्खलन हुनु, कम्युनिष्ट राजनितीलाई मानव मुक्ती र सेवाको रुपमा भन्दा कमाउ धन्दाको रुपमा प्रयोग गर्नु, पद र प्रतिष्ठामा लुछाचुडी गर्नु, नेता र कार्यकर्ताको विरुद्ध एक अर्कालाई उचालेर निषेध र अस्वस्थ ढंगले अगाढी वढन खोज्नु, खुल्ला र स्पष्ट नभई वाहीर एउटा कुरा गर्ने र भित्र अर्को कुरा गर्ने गलत परंपरा आदि आदि अहिलेको हाम्रो पार्टी भित्रको मुल समस्या हो । नेकपा भित्रको यो विवादले देश नै तरंगीत वनाएको छ । विदेशी शक्ती केन्द्रहरु र स्वदेशी प्रतिक्रीयावदीहरु नेकपा भित्रको विवादलाई थप चर्काएर पार्टी फुटाउने षडयन्त्रमा छन ।

यि सवै षडयन्त्र, विवाद र समस्याहरुको क्रान्तिकारी ढंगले उत्तर खोज्ने क्रममा नै पार्टी भित्र अन्तरसंघर्ष चुलिएको छ । यसको सामना गर्ने सवालमा ठुलो संकट देखा परेको छ । यो संकटलाई क्रान्तिकारी संकट कै रुपमा ग्रहण गर्न सक्नु पर्दछ । सचेत ढंगले पार्टी अन्तरसंघर्षलाई स्वच्छ र वैज्ञानिक वनाउँदै राम्रो भन्दा राम्रो परिस्थितीमा वदल्न सक्नु पर्दछ तर कहिले कहि अन्तरसंघर्षले आफ्नो वर्ग, मुक्ती र नयाँ सभ्यताको च्युत गराउन खोज्यो भने त्यसको रक्षाको लागी खराव भन्दा खराव परिस्थितीको पनि सामना गर्न सक्नु पर्दछ । तर हामीले यसको अपेक्षा गरेको छैनौ ।

हाम्रो चेतना समाजवादी हुनु भन्दा पुँजिवाद भन्दा पनि तल सामन्तवादी अवस्थाको छ । अन्तराष्ट्रिय रुपमा दलाल पुँजिवाद हावि छ । यसरी हेर्दा सामन्ती, दलाल पुँजिवादी चेतना र व्यवहारले हामीलाई ङ्याकेको छ । वैचारीक धरातल समाजवादी भनिएता पनि हाम्रो व्यवहार सामन्ती, दलाल पुँजिवादी वन्न गएको छ । यसकै प्रतिविम्वको रुपमा पार्टी भित्र अन्तरसंघर्ष देखा परेको छ । रुपमा हेर्दा पद, विधि, प्रतिष्ठा तथा कार्यविभाजन जस्तो देखिए पनि सारमा गलत विचार र सहि विचार विचको संघर्ष नै हो । गलत र सहि विचारको संघर्षद्वारा आफ्नो वर्गीय धरातलको आधारमा मान्छेले आफ्नो वैचारीक आधार तयार गर्दछ । मान्छे स्वयं विपरीतहरुको एकता हो । समाज र पार्टी पनि विपरीतहरुको एकता नै हो । निश्चित उद्येश्य र सहि विचारको लागी एकता-संघर्ष–रुपान्तरण व्यक्ती, समाज र पार्टीमा निरंतर चल्ने प्रकृया हो । त्यही आधारमा विभिन्न प्रश्नहरुको वैज्ञानिक र वस्तुवादी ढंगले हल गर्नै पर्दछ ।

विचारको प्रश्न :  मार्क्सवाद -लेनिनवाद र समाजवाद उन्मुख जनताको जनवाद नै अहीलेको हाम्रो वैचारीक आधार हो । हामीले प्रयोग गर्दै आएको सामाजिक व्यवहारहरुले पैदा गरेको सैद्धान्तिक आधारहरु, विज्ञान र प्रविधिमा भएको विकाशको गति, देशको भूराजनैतिक अवस्था र आजको युग अनुसार माक्र्सवादी चेतलाई थप विकाश गरी समाजवाद उन्मुख जनताको जनवादलाई जनताको समाजवादमा वदल्दै आफ्नो सैद्धान्तिक आधारलाई महाधिवेशनद्वारा सुदृढ गर्नु पर्दछ । त्यहि विचारको आधारमा पार्टी एकतालाई मजवुद वनाउन पर्दछ ।

राष्ट्रियताको प्रश्न : आजको युग साम्राज्यवादी युग नै हो । यो एक ध्रुविय अवस्थावाट वहु ध्रुविय वन्दै छ । हाम्रो जस्तो तेश्रो विश्वको लागी साम्राज्यवादी हस्तक्षेप नै राष्ट्रियता माथिको हस्तक्षेप हो । हाम्रो आन्दोलनको एउटा महत्वपूर्ण पक्ष साम्राज्यवादी तथा विदेशी हस्तक्षेपलाई कमजोर र परास्थ गरी स्वधिनता कायम गर्ने नै हो । राष्ट्रियताको परिभाषालाई व्यापक वनाउँदै अरु देशसँग समानता र ततस्थताको निती अपनाउँदै हिजो भएका असमान संधी सम्झौताहरु निष्कृय वनाई खारेज गर्ने, थप सन्धी सम्झौता गर्दा देशको हितमा सचेत रहनै पर्दछ । आज एमसीसी संशोधन नगरी यथास्थितीमा पास गर्नै हुँदैन किनकि हिन्द प्रशान्त रणनितीको व्यवहारीक रुप नै एमसीसी हो । यो अमेरीकाको नयाँ ढंगको उपनिवेशवादी कदम हो । त्यसैले यो विषय जटील र गम्भीर सैद्धान्तिक विषय हो । त्यसका विरुद्धमा कम्युनिष्ट मात्र होईन देशभक्त, प्रगतिशील पार्टीहरु र जनसमुदायलाई एकतावद्ध गर्न सक्नु पर्दछ ।

पार्टी संचालनको प्रश्न : पार्टीलाई विधि, विधान र पद्धतिमा चलाउदै व्यक्ती होइन नीति प्रधान वनाउनु पर्दछ । सवै विषयहरुमा उच्च जनवादी छलफलको आधारमा सामुहीक निर्णय गरी कार्यान्वयमा केन्द्रियता लागु गर्ने विधिलाई केन्द्र देखी तल्लो कमिटी र पार्टी सदस्यसम्म पु¥याउनु पर्दछ । पार्टीलाई जनतामा फर्काउने तत्कालिन सांगठानिक विधी र संगठनले समाजको नेतृत्व गर्दै समाजलाई रुपान्तरण गरी समाजलाई प्रमुख र निर्णयक वनाउँदै राज्यको क्रमस विलोप गर्ने दीर्घकालिन सांगठानीक विधिको विकाश गर्नु पर्दछ ।

सरकार संचालनको प्रश्न : पार्टीको निर्देशनमा सवै तहको सरकारको नीति तथा कार्यक्रम र वजेट निर्माण गरी पार्टीले तयार गरेको धोषणा प्रत्रको आधारमा सरकारलाई वास्तविक लोकप्रीय वनाउन सचेत प्रयत्नद्वारा सर्वहारा वर्ग, गरीव जनता, जनजाती, दलित, मधेशी, महिला पक्षीय सरकारको रुपमा स्थापीत गर्न सक्नु पर्दछ ।

यि समस्या र प्रश्नहरुको जवाफ तत्कालिन रुपमा पार्टीको सचिवालय, स्थायी समिति, केन्द्रीय समितिको वैठकवाट व्यापक छलफल, वहस, वाद, विवाद, आलोचना, आत्मआलोचनाको विधिवाट खोज्नु पर्दछ । यसवाट पनि हल नभएमा एकता महाधिवेशनवाट खोज्नु पर्दछ । नेतृत्व भनेको मूलत विचार नै हो । नेतृत्वहरुको संघर्ष मूलत विचारकै संघर्ष हो । त्यसैले पार्टी भित्रको आजको समस्यालाई वैज्ञानिक, वस्तुवादी, व्यवहारीक वनाई विचार र पार्टी रुपान्तरणलाई केन्द्रमा राख्नु पर्दछ ।

दुनियाँ वदल्नु छ भने दुवै अध्यक्षहरु जिम्वेवार र जवाफदेही हुनै पर्दछ । एउटा हातले मात्र ताली नवज्ने भएकाले दुवै अध्यक्षहरुले दुरदर्शिता र लचकता अपनाउन आवश्यक छ । वहाहरु दुवैको तर्फवाट आवश्यक अनुसारको त्याग गरी रुपान्तरण सहीतको पार्टी एकतालाई सुदृढ वनाउन प्रतिवद्ध हुनै पर्दछ । विचारमा एकरुपता कायम गर्दै साम्राज्यवादी तथा वाहीरी हस्तक्षेप र देश भित्रको प्रतिक्रीयावादी हर्कतलाई कमजोर वनाई पार्टी एकतालाई नयाँ आधारमा नयाँ एकता कायम गरी सुदृढ वनाउनु नै आजको महत्वपुर्ण आवश्यकता हो ।

-(लेखक नेकपा बागमती प्रदेश सचिवालय सदस्य हुन् )