
सिन्धुपाल्चोक जुगल लिदिमा पहिरो : १३ वटा घर पुरिए
सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर २ लिदिको लामा टोलमा पहिरो जाँदा १३ वटा घर पुरिएका छन् । पाँच घर परिवारका सदस्यहरु सम्पर्कविहीन छन् ।
शुक्रबार बिहान करिब ६ बजेतिर आएको पहिरोले घरहरु पुरिएका हुन् । पहिरोले लामा गाउँ पुरिदा १३ घर पुरै क्षति भएको, १५ जना घाइते आफैं निस्किएको, उद्धार गर्न जान सक्ने अबस्था नरहेको, पुरिएका ५ घरका सबै सम्पर्क विहिन रहेको र कति जना पुरिए भन्ने अझै खुल्न बाँकि रहेको स्थानियले जानकारी दिएका छन् ।
