राष्ट्रिय फुटबल टिमका खेलाडीहरुको कोरोना परीक्षण

मूलखबर संवाददाता
काठमाडौं, २६ साउन ।

राष्ट्रिय फुटबल टिमको क्लोज क्याम्पमा बस्ने खेलाडीहरुको कोरोना परीक्षण गरिएको छ । विश्वकप छनोटका लागि प्रशिक्षण सुरु गर्ने तयारीमा रहेकाका खेलाडीहरुले पाटन अस्पतालमा स्वाब दिएका हुन् । सोमबार ११ खेलाडी, २ अफिसियल र १२ स्टाफ गरेर २५ जनाको स्वाब दिइएको छ । बाँकी खेलाडी र अरु स्टाफको मंगलबार स्वाब संकलन गरिनेछ ।
क्याम्पमा राखिने ३४ खेलाडीसँगै कोचिङ स्टाफ, अफिसियल, होस्टल स्टाफलगायत गरेर ७० जनाको कोभिड(१९ परीक्षण गरिने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

सरकारले भदौ १ देखि अन्तर्राष्ट्रिय खेलको लागि प्रशिक्षण गर्न मिल्ने निर्णय गरेपछि एन्फाले खेलाडीलाई मैदान फर्काएर प्रशिक्षण गराउनको लागि तीव्ररुपमा तयारी गरिरहेको छ ।