राम मन्दिर बनाउने प्रधानमन्त्रीकाे निर्देशनमा काँग्रेसकाे अापत्ती

मूलखबर संवाददाता
काठमाडौं

 प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्यापुरीमा राम मन्दिर बनाउन निर्देेशन दिएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आपत्ती जनाएका छन् ।

आइतबार बिहान ट्‍विट गरेर चितवनको अयोध्यापुरीमा राम मन्दिर बनाउन प्रधानमन्त्री ओलीले माडी नगरपालिकाका जनप्रतिनिधिलाई दिएको निर्देशनप्रति आपत्ति जनाएका हुन् ।

उनले लेखेका छन्,

# भक्त चेपाङको घर जलाउने अनि भगवान रामको मन्दिर बनाउने ! द्वन्द्वात्मक भौतिकवादको यो कस्तो अध्यात्मिक अवतार ? यस्तो कर्मले प्रसन्न हुनुहोला भगवान राम कि घर जलेका भक्तले क्षमा देलान् ? कार्ल मार्क्सको आत्मालाई शान्ती मिल्ला कि `मिशन लिम्पियाधुरा´ लाई बल पुग्ला  @PM_Nepal ?

यसअघि  प्रधानमन्त्री ओलीले शनिबार माडीका जनप्रतिनिधिसँग बालुवाटारमा भएको छलफलमा अयोध्यापुरीमा राम मन्दिर बनाउन निर्देशन दिएका थिए ।