साजन कुवँरको ‘मिलाम भो जोडी हाम्रो बरिलै’ चर्चाको शिखरमा (हेर्नुहोस भिडियो)

मूलखबर संवाददाता
काठमाडौं, २५ साउन ।

हिन्दु महिलाहरुको महत्वपूर्ण पर्व तिज आउन अब केही दिा मात्रै बाँकी छ । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ को सन्त्रासले नेपाल पनि ढपक्कै ढाकेको छ । यो समाचार तयार गर्दासम्म नेपालका २२ हजार बढि संक्रमित भइसकेका छन् भने ७३ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् ।

कोरोनाका कारण तिज पर्व पनि प्रभावित बन्ने देखिएको छ । तिजको अवसरमा विभिन्न लोक गायक गायीकाहरुले विभिन्न दोहोरी गित र म्युजिक भिडियोहरु सार्वजनीक गरिरहेका छन् । तीनै तिजका गितहरुको भिडमा तिमी नि सिंगल म पनि सिंगल मिलाउँ भो जोडि हाम्रो बरिलै भन्ने गित चर्चाको शिखरमा छ । मिठो लोक भाका र लयलाई समेटेर सुन्दर शव्द संयोजन गरिएको यस गित लोक गायक साजन कुँवरले बजारमा ल्याएका हुन् ।

लोक गायक साजन कुवँरको तीज गीत ‘बरी लै लै’ले सार्वजनिक भएको छोटै समयमा राम्रो चर्चा कमाएको छ । युट्युवमार्र्फत ३ हप्ता अगाडि सार्वजनिक भएको यस गीतले छोटै समयमा करिब २ लाख भ्यूज पाएको छ ।

चर्चीत मोडल अज्जली अधिकारी र लोक गायीका टिका सानुको अभिनय र नृत्य रहेको गीतको भिडियोमा गायक कुवँर र रञ्जना भण्डारीको स्वर रहेको छ । मानसिंह खड्का र पवन कुमारको समेत नृत्य रहेको गीतलाई हरीप्रसाद न्यौपानेले लेखेका हुन् भने यज्ञ सापकोटाले संगीत दिएका छन् ।

लमजुङका लोक गायक कुँवर छोटो समयमा चर्चित बन्न सफल भएका छन् उनले आफ्नै डाँडा पाखाका लोक भाका र सुसेलीहरुलाई आगामी दिनमा संकलन र परिस्कृत गर्दै नेपाली लोक संगितको क्षेत्रमा योगदान दिने बताएका छन् ।