नेकपाको विभाजन रोक्ने एकमात्र सुत्र प्रधानमन्त्रीबाट ओलीको राजीनामा !

रमेश शर्मा
काठमाडौं

काठमाडौं, १८ असार ।
नेपालको इतिहासमै सबैभन्दा शत्तिmशाली र जनमत प्राप्त मध्येको एक वर्तमान नेकपा नेतृत्वको सरकार यतिबेला गम्भीर संकटमा परेको छ । सत्तारुढ दल नकेपाभित्रको विवादले गर्दा सरकार गम्भीर संकटमा परेको हो ।
पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री के पी शर्मा ओलीको महत्वाकांक्षा, कार्यशैली र ब्यवहारले गर्दा पार्टी एकता र सरकार सञ्चालन दुबैमा नेकपाको साख गिरेको निश्कर्षसहित बहुमत सदस्यहरुले प्रधानमन्त्री ओलीको बहिर्गमनको माग गरिरहेका बेला अब नेकपाको विवादका समाधान के होला भन्ने बारे सर्बत्र चासो देखिएको छ ।

अहिले नेकपाको स्थायी समिति बैठक पनि चलिरहेको छ । असार १० गतेदेखि शुरु भएको बैठकको पहिलो दिन देखिएको सौहार्दता चौथो र पाँचौ दिनसम्म आइपुग्दा तिक्ततामा परिणत भइसकेको छ । विशेष गरी प्रधानमन्त्री समेत हरेका अध्यक्ष ओलीले स्थायी समिति बैठक शुरु भएको भोलिपल्ट मदन भण्डारीको जन्मदिनमा अभिव्यक्त गरेको कुराले विवादमा घिउ थप्ने काम गरेको छ । उनले आफूलाई हटाउन भारत लागि परेको र आफ्नै दलका नेताहरु नै त्यो षडयन्त्रमा सामेल भएको भनेर अभिव्यक्ति दिएका थिए ।

पार्टीको दोश्रो दिनको बैठकमा सहभागि नभई अन्य कार्यक्रममा गएर ओलीले दिएको विचारले नेकपाको स्थायी समिति बैठक विषयान्तर भएको छ ।
स्थायी समिति बैठकको पहिलो दिन अर्का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता र सरकार सञ्चालन दुबैमा ओली बाधक भएको र दुबै पद छाड्न ओलीलाई सुझाव दिएका थिए । उनले ओली एकलौटी ढंगले चलेको र पार्टीले गरेका निर्णयहरु लागु नगरेको तथा सरकारले जनताको पक्षमा काम गर्न नसकेको बताएका थिए । त्यस दिन बोल्ने वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, उपाध्यष बामदेब गौतम लगायतले पनि ओलीले दुबै पद छाड्नुपर्ने बताएका थिए ।

नेकपाको विवाद एकतामा रुपान्तरण हुने की विभाजनमा पुग्ने भन्ने बहसमा पुगेको छ । ओली पक्षका नेताहरुले ओलीलाई कुनै हालतमा पनि दुबै पद छाड्न नहुने सुझाव दिइरहेका छन् भने ओली पक्ष इतरका नेताहरुले ओलीले दुबै पद छाड्नुपर्ने दबाव दिइरहेका छन् । ओलीको बहिर्गमन माग गर्नेमा पुर्व माओवादी भन्दा पुर्व एमालेका ओली इतरका समुहका नेताहरु नै अगाडि देखिएका छन् । यसको मुख्य कारण ओलीले विगतदेखि नै माधव नेपाल, झलनाथ खनाल र बामदेव पक्षमाथि गरेको व्यवहार नै रहेको उनीहरु बताउँछन् ।

प्रधानमन्त्री ओलीले पटक पटक पार्टीले गरेको निर्णय अबज्ञा गर्दे आएको आरोप ओली इतर पक्षको छ । यस अघि बामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने सचिवालयको निर्णय ओलीले नमानेको, पार्टी एकताको शुरुमा आधा आधा कार्यकाल प्रधानमन्त्री चलाउने प्रचण्डसँग भएको सम्झौता नमानेको, एमसिसि बारे पाटीले गरेको सुझावलाइ समेत नमानेर बलमिच्याई गरेको आदि आरोप ओलीमाथि छ । त्यसैगरी ओलीले भ्ष्टचारीहरुलाइ संरक्षण दिएको, राजनीतिक नियुत्तिmमा पुरै एकलौटी गरेको, पार्टीका प्रदेश इन्चार्ज र मुख्य मन्त्री नियुक्तिमा पनि अन्याय गरेको आरोप नेपाल पक्षले लगाउँदै आएको छ ।
त्यसैगरी दल विभाजनको लागि सजिलो बनाउन ल्याएको अध्यादेशको निर्णय पनि सल्लाह नगरी ल्याइएको भन्दै पार्टीले फिर्ता गर्न लगाएको थियो । जुन विधयेक पारित गरेर ओलीले पार्टी फुटाउन खोजको आरोप ओलीमाथि छ ।
अहिले स्थाी समिति बैठक चलिरहँदा पनि एमाले नामको पार्टी दिर्ताको लागि निर्वाचन आयोगमा परेको निवेदनमा पनि ओलीको निर्देशन रहेको आरोप पनि ओलीमाथि छ ।

पटक पटक स्थायी समिति बैठक माग गर्दा बैठक फेस गर्न इन्कार गर्ने, बैठकमा पनि सहभागि हुन नचाहने, अरुको कुरा सुन्नै नचाहने र आलोचना गर्नेहरुलाई पत्तासाफ पार्ने गरेको आरोप पनि ओल्मिाथि छ । उनको नेतृत्वको सरकारले साार्वजनिक गरेको नेपालको नक्साको विषयमा पार्टीलार्य जस नदिएको कुरामा पनि नेताहरुको आपत्ति छ ।

ओली पक्षले प्रधानमन्त्रीले पद छाड्ने निर्णय पार्टीले गरेमा पार्टी नै विभाजनको तयारी गरेको समाचारहरु पनि आइरहेको छ । नेकपाको विवाद पार्टी विभाजनमा पुग्नुहुन्न र पार्टी एकताबद्ध हुनुपर्छ भनेर मध्यमार्गी नेताहरुले कसरत पनि गरिरहेका छन् । तर के होत नेककपाको विभाजन रोक्ने अचुक अस्त्र रु

नेकपामा अहिले देखिएको विवादको चुरो प्रधानमन्त्री ओली नै रहेको निश्कर्ष स्थायी समितिका ४५ मध्ये ३३ जना स्थायी समिति सदस्यहरुको रहेको छ । जुन कुरा हिजो झम्सीखेलमा भएको ओली इतर पक्षको भेलाको निष्कर्ष हो ।

यस्तो अवस्थामा ओलीको दुबैपदबाट बहर्गिमन वा प्रधानमन्त्री पदबाट बहिर्गमनबाट मात्रै पार्टी एकता कायम हुने एक मात्र सुत्र हुन सक्ने देखिएको छ । प्रधानमन्त्री पदबाट ओलीको बहिर्गनले प्रचण्डसँग भएको पुर्व सहमति लागु हुन सक्ने, माधव नेपाल पक्षको व्यवस्थापन हुने, आम जनमानसमा देखिएको सरकार प्रतिको आक्रोसको संवोधन हुन सक्ने र भारत लगायतका देशहरुसँग विग्रीएको कुटनैतिक सम्वन्ध सुधार हुने तथा पार्टीमा एकताको भावना आउन सक्ने विश्लेषण राजनैतिक विश्लेषकहरुको छ ।

ओलीले प्रधानमन्त्री पदमा बसिरहने हठ राखीराखे भने त्यसले पार्टी एकताको बाँकी काम प्रभावित हुने, शान्ति प्रक्रियाका बाँकी कामहरु प्रभावित हुने तथा सरकारप्रति जनताको विश्वास गुम्ने र समग्रमा नेकपाप्रति जनताको सदभाव र विश्वास गुम्ने खतरा बढ्दै जाने देखिन्छ ।
तसर्थ नेकपाको साख जोगाउन, आगामी निर्वाचनमा नेकपाको थप मत प्राप्त गर्ने विषय र वर्तमानमा नेकपाको एकता कायम राख्न ओलीले प्रधानमन्त्रीबाट बहिर्गमन नै एकमात्र विकल्प हुने देख्न्छि । अन्यथा नेकपाको विभाजनको मार्ग रोकीने देखिँदैन ।