सिकौं न्युजिल्याण्डबाट, जसले जित्यो कोरोना

मूलखबर संवाददाता
काठमाडौं, ३० जेठ

संकटमा राज्यको नेतृत्व कस्तो हुनुपर्छ भन्न विषयमा धेरै बहसहरु भइरहेका छन् । अझ नेपालजस्तो अल्पविकसित र कजोर मुलुकमा आइपर्ने संकटमा नेतृत्वको भुमिका झन वढि क्रियाशील र प्रभावकारी हुनुपर्छ ।

चिनका राष्ट्रपति सि जिन पिङको चर्चा धेरै पटक भइसकेको छ । जसले विभिन्न प्रकोपहरु र कोरोना महामारी पनि सहजै पराजीत गरेको छ त्यसैगरी पछिल्लो चरणमा न्युजिल्याण्डले पनि कोरोना पूर्ण रपमा पराजीत गरेको छ । त्यसमा त्यहाँकी राष्ट्रपति वा नेतृत्वको भुमिकाको चौतर्फी प्रशंसा र चर्चा भइरहेको छ ।

विगत दुई सातासम्म कोरोना भाइरसका नयाँ बिरामी नदेखिएपछि न्युजिल्यान्डले लकडाउन खुकुलो बनाएको छ । अब न्युजिल्यान्डमा भौतिक दूरी कायम गर्नुपर्ने छैन र सार्वजनिक भेलामा पनि कुनै बन्देज हुनेछैन । तथापि, अझै विदेशीको प्रवेश खुला गरिनेछैन ।

सुरुदेखि नै न्युजिल्यान्डले कोरोना नियन्त्रणमा प्रभावकारी कदम चालेकाले संक्रमितको संख्या उच्च हुन नपाएको विज्ञहरूको बुझाइ छ ।

लकडाउन अन्त्य घोषणा गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री जेसिन्डा आर्डनले ‘देश सुरक्षित र बलियो परिस्थितिमा रहे पनि कोभिड(१९ भन्दा पहिलेको जीवनमा फर्किने समय नआइसकेको’ बताइन् । ‘कोभिडअघिको परिस्थितिमा फर्किन अझै कठिन छ,’ उनले भनिन् ।

न्युजिल्यान्डले २५ मार्चमा लकडाउन लागू गरेको थियो । सुरुमै चार तहको घेरा हुने गरी एकैपटक चौथो तहको सुरक्षा प्रणाली लागू गरियो । चौथो तहको सुरक्षाअन्तर्गत अधिकांश व्यवसाय बन्द गरियो ।

विद्यालय पनि बन्द रहे र मानिसलाई घरभित्रै रहन भनियो । त्यसको पाँच साताभन्दा बढी समयपछि अप्रिलमा सुरक्षा प्रणाली तेस्रो तहमा झारियो । त्यसअन्तर्गत खाद्य पसल र केही गैर(अत्यावश्यक व्यवसाय पनि खोल्न दिइयो । समुदायस्तरमा संक्रमितको संख्या घट्न थालेपछि मेको मध्यमा सुरक्षाको तह दुईमा झारियो ।

१७ दिनसम्म कुनै नयाँ संक्रमित नभेटिएपछि पुनः सुरक्षाको तह एकमा झारियो । हुन त, सुरक्षाको तह एकमा झारिएको घोषणा २२ जुनमा गर्ने तालिका थियो । तर, दुई साताभन्दा बढी संक्रमित नभेटिएपछि सरकारले लकडाउन थप खुकुलो बनाउने निर्णय लियो ।

नयाँ नियमअन्तर्गत अब सबै विद्यालय र कार्यालय खुला रहनेछन् । विवाह, दाहसंस्कार र सार्वजनिक यातायात पनि सामान्य बन्ने भएका छन् । भौतिक दूरी पालना गर्न अनिवार्य नभए पनि त्यसलाई प्रोत्साहित गर्ने प्रधानमन्त्री आर्डनको नीति छ । विदेशी नागरिकलाई न्युजिल्यान्ड भित्रिन कडाइ गरिए पनि विदेशबाट फर्किने देशवासीलाई भने १४ दिने क्वारेन्टाइनको नियम कायम छ ।

न्युजिल्यान्डमा फेब्रुअरी अन्तिममा पहिलोपटक कोरोना भाइरस संक्रमण देखिएको थियो । बढ्दै गएर संक्रमित संख्या एक हजार एक सय ५४ पुग्यो । तीमध्ये २२ जनाले ज्यान गुमाए । यो संख्या अन्य देशको तुलनामा निकै न्यून हो । सुरुदेखि नै न्युजिल्यान्डले कोरोना नियन्त्रणमा प्रभावकारी कदम चालेकाले संक्रमितको संख्या उच्च हुन नपाएको विज्ञको बुझाइ छ ।

नयाँ पत्रिकाबाट