
स्ववियुमा प्रमुख विद्यार्थी संगठनकाे बराबर स्थानमा जित
त्रिभुवन विश्वविद्यालय अन्तरगतका आंगिक क्याम्पसहरूमा भएको स्वतन्त्र विद्यार्थी युनियनकाे निर्वाचनमा प्रमुख विद्यार्थी संगठनहरूले लगभग बराबर स्थानमा जित हाँसिल गरेका छन् ।
सत्तारूढ गठबन्धन जस्तो गरि नविसंघ र अनेरास्ववियु मिल्दा समेत माओवादी निकट अखिल क्रान्तिकारीले बलियो उपस्थिति जनाउन सफल देखिएकाे छ ।
मत परिणाम सार्वजनिक भएका मध्ये प्रमुख प्रतिपक्षी दल नेकपा माअोवादी केन्द्रका विद्यार्थी संगठन अनेरास्विवयू क्रान्तिकारीले अहिलेसम्म कुल ८३ क्याम्पसमा जित हात पारेको छ ।
क्रान्तिकारीले यसअघि सार्वजनिक गरेको ८१ क्याम्पसको सूचीमा गएरातिको परिणामबाट महेन्द्र मोरङ क्याम्पस र केन्द्रीय प्रविधि क्याम्पस धरानमा क्रान्तिकारीको जित भएको हो । धरानको स्ववियु निर्वाचनमा नेविसंघ, एमाले अनेरास्ववियु र माधव नेपाल निकट अनेरास्ववियूको संयुक्त प्यानललाई पराजित गर्दै अखिल क्रान्तिकारी पेशलराज कार्की सभापतिमा विजयी भए ।
महेन्द्र मोरङमा रोहित यादव विजयी भए । नेविसंघले ९९ र एमाले अखिलले ९१ क्याम्पस जितेको सूची सार्वजनिक गरेका छन् क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसमध्ये ९ वटामा स्ववियू सभापति जितेर अघिल्लो निर्वाचनको भन्दा दोब्बर बढी नतिजा निकालेको छ । २०७९ को स्ववियू निर्वाचनमा गठबन्धनबाट जम्मा ४ आंगिक क्याम्पसमा सभापति जितेको क्रान्तिकारीले मंगलवार निर्वाचन भएकामध्ये ९ वटामा सभापति जितेको हो ।
०७९ को स्ववियु निर्वाचनमा १९ आंगिक क्याम्पसमा सभापति जितेको अनेरास्ववियुले मंगलबार निर्वाचन भएकामध्ये हालसम्म ११ वटामा सभापति जितेको छ ।
त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा मंगलबार स्ववियु चुनाव भएको हो । मतदानमा ६५ प्रतिशत विद्यार्थी सहभागी भएको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले जनाएको छ । त्रिविका ६२ आंगिकमध्ये २२ क्याम्पस र सम्बन्धन प्राप्त केही क्याम्पसमा भने मुख्यतः सत्तारुढ दलकै विद्यार्थी संगठनहरु नेविसंघ र अनेरास्ववियुको लफडाका कारण निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ ।
नेविसंघले ९९ र एमाले अखिलले ९१ क्याम्पस जितेको सूची सार्वजनिक गरेका छन् क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसमध्ये ९ वटामा स्ववियू सभापति जितेर अघिल्लो निर्वाचनको भन्दा दोब्बर बढी नतिजा निकालेको छ ।
२०७९ को स्ववियू निर्वाचनमा गठबन्धनबाट जम्मा ४ आंगिक क्याम्पसमा सभापति जितेको क्रान्तिकारीले मंगलवार निर्वाचन भएकामध्ये ९ वटामा सभापति जितेको हो ।
०७९ को स्ववियु निर्वाचनमा १९ आंगिक क्याम्पसमा सभापति जितेको अनेरास्ववियुले मंगलबार निर्वाचन भएकामध्ये हालसम्म ११ वटामा सभापति जितेको छ ।
