प्रधानमन्त्री ओलीले संसदमा भने –‘सबै ठीकठाक छ, भ्रमात्मक प्रचारवाजी गरियो, आत्तिनुपर्दैन’

मूलखबर संवाददाता
काठमाडौं, २८ जेठ ।

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ को संक्रमण रोकथामको लागि भनेर जारी गरीएको लकडाउनको ७९ औं दिनमा प्रधानमन्त्री के पी शर्मा ओलीले सबै ठीकठाक भएको भन्दै नआत्तिन अपील गरेका छन् ।

संसदमा सांसदहरुले सोधेका प्रश्नहरुको जवाफसहित उपस्थित भएका प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनका कारण भएको उपलव्धी नदेख्ने र कमजोरी मात्रै देख्ने प्रवृत्ति देखिएको भन्दै सांसदहरुको आलोचना गरे ।

लकडाउनका कारण जनजीवन लथालिंग भएको, अस्तव्यस्त भएको र मानिसहरु आत्महत्या गर्न विवस भएको जस्ता सांसदहरुको प्रश्नको जवाफमा सत्तारुढ दल नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले लकडाउनकै कारण संक्रमणको दर धेरै नबढेको, मृत्युदर कम भएको र जनता बचाउन सकिएको तर्क गरे । उनले लकडाउनको मारमा जनता परेका भन्ने बुझेर नै यसको मोडालिटि परिवर्तन गर्ने बारे छलफल गरिरहेको र छिट्टै निर्णय गर्न लागिएको बताए ।

कोरोनाको नाममा अरबौं खर्च भएपनि प्रभावकारी तयारी र काम नभएको भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले प्रभावकारी रप्ले काम भइरहेको दावी गरे । उनले शुरुमा स्वाब परिक्षणको लागि सिंगापुर पठाइएको कुरा स्मरण गराउँदै अहिले २१ वटा पिसिआर मेसिनमार्फत दैनिक ४ हजार बढिको परिक्षण भइरहेको बताए । उनले भउका उपलव्धीहरुलाई प्रचार नगरेर नभएका र हुन नसकेका कुराहरुमा मात्रै ध्यान केन्द्रीत गर्ने बानीले दुख पाइएको बताए ।

उनले स्वस्थ जनता भएमात्रै सम्वृद्ध नेपाल बन्न सक्ने भएकाले आफ्नो ध्यान स्वस्थ जनता बनाउनेमा केन्द्रीत भएको र आफ्नो नेतृत्वको सरकारले त्यही दिशामा काम गरिरहेको दावी गरे । प्रधानमन्त्री ओलीले लकडाउनले ताजा खान, स्वस्थ रहन, सावुन पानीले हात धुन सिकाएको बताउँदै त्यसैलाई उपलव्धी मान्नुपर्ने बताएका थिए ।

प्रधानमन्त्री ओलीले कोभिड(१९ नियन्त्रण रोकथाममा १० अर्ब रकम खर्च भएको विषयमा हिसाब नगर्न पनि सांसदहरुलाई आग्रह गरे । प्रधानमन्त्री ओलीले अहिले कोभिड(१९ को विषयमा चिन्ता गर्न सांसदहरूलाई आग्रह गरे। मंगलबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले १० अर्ब खर्च भएको विषयमा हिसाब मागेको थियो। प्रधानमन्त्री ओलीले १० अर्बको हिसाब प्रणालीगत हिसाबले आउने बताएका थिए ।

राष्ट्रपतिको बचाउमा प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कार्पेट खरिदजस्ता विषयमा राष्ट्रपतिलाई जोडेर गणतन्त्रमाथि घुमाउरो ढंगले विरोध गरिएको बताएका छन्। एकाथरि मानिस र केही मिडिया राम्रो कुरा गर्न नजान्ने तथा नराम्रो गर्नु धर्म ठान्ने गरेको प्रधानमन्त्रीको भनाइ छ।

स्वास्थ्य सामग्री खरिदमा अनियमितता, सेनाले गरेका खरिदमा भ्रष्टाचारजस्ता कुरा पटक(पटक उठिराखेको उल्लेख गर्दै प्रधानमन्त्रीले अनियमितता भएको पाइए कारबाही हुने बताए। ‘खरिद नगर्दा पनि भएन। खरिद गर्दा पनि अनियमितता देख्नेरु केही उद्धेश्यमूलक ढंगले लाग्ने र गणतन्त्रको विरोध गर्न मन लागे खुला गरे भो नि१ तर यस्तो घुमाएर गर्ने कि राष्ट्रपतिमाथि खनिने। राष्ट्रपतिमाथि प्रहार गर्नेरु’

कुर्सी, कार्पेट खरिद गर्ने कुरा राष्ट्रपति वा प्रधानमन्त्रीलाई थाहा नहुने प्रधानमन्त्री ओलीको भनाइ छ। ‘कुर्सी कसले किनेर ल्यायो थाहा हुन्छरु राष्ट्रपतिले अर्डर गर्छ कुर्सीकोरु,’ प्रधानमन्त्रीले भने, ‘प्रधानमन्त्रीले कार्पेट कहाँनेर राखियो थाहा पाउँछरु त्यो गर्ने काम प्रधानमन्त्रीको होरु राष्ट्रपतिलाई थाहा हुन्छरु कसले कार्पेट राख्यो खरिद गर्‍यो भन्नेरु’

बिनाकारण जे विषयमा पनि राष्ट्रपतिको विरोध हुने गरेको उनले बताए। ‘एउटा दलगत रूपले हेर्ने कुरा पनि उचित हुन्न। निष्पक्ष संस्थाका रूपमा व्यवहार गर्ने, राष्ट्रप्रमुख तर कार्यकारी अधिकार नभएको संस्थाका रूपमा हेर्नुपर्छ,’ उनले भने।

राष्ट्रपतिले यस्ता विषय उठे पनि जवाफ दिँदैन भन्दै प्रधानमन्त्रीले राष्ट्रपतिविरूद्ध अनवरत रूपमा स-साना निहुँमा आक्रमण, आरोप लगाइने गरेको बताए। ‘राष्ट्रपतिविरूद्ध अनवरत रूपमा स(सना निहुँमा आक्रमण, आरोप लगाइन्छ। गणतन्त्रको विरोधका रूपमा, यो ठीक होइन,’ उनले भने।

राष्ट्रपतिले के गर्नुपर्थ्यो भन्ने प्रश्न पनि प्रधानमन्त्रीले संसदमा गरेका छन्।  ‘के गर्ने राष्ट्रपतिले चुप लागेर बसेको छ। के गर्नु पर्छरु अनि त्यहाँ दुबो काटेर चउर चिटिक्क पारियो। अहिले चउर चिटिक्क पार्ने कि कोरोनासँग लड्ने भन्ने राष्ट्रपतिले कोरोनाविरूद्ध नलड चउर चिटिक्क पार भनेको हो ररु त्यहाँ कर्मचारी होलान्,’ उनले भने।