आरडिटीदेखि पिसिआरसम्म त्रासै त्रास : कसरी बढाउने आस र विश्वास ?

खड्ग बहादुर श्रेष्ठ
काठमाडौं

बिश्वकै टाउको दुखाइको बिषय बनेको कोरोना भाइरस (कोभिड–१९) को समस्या दिन–प्रतिदिन बढी रहेको छ । आजसम्म बिश्वमा ५० लाख ६१ हजार ४ सय ७६ जना संक्रमित भै ३ लाख ३१ हजार ४ सय ७४ जनाको मृत्यु भैसकेको छ भने नेपालमा ५ सय ८४ जनामा संक्रमण देखिएको छ । हालसम्म ३ जनाको मृत्यु र ७० जना सफल उपचार पश्चात घर फर्किएको तथ्यांक छ।

कोभिड–१९ को सङ्क्रमणको जोखिमबाट बच्न घरमा बस्नु र सही सुचना मात्र लिनु र अफवाहबाट बच्नु नै अहिलेको लागि उत्तम विकल्प हो ।

काठमाण्डौ जिल्लाका अन्य भागमा जस्तै मानिसहरूले बस्न रूचाएको स्थान बुढानिलकण्ठमा नेपालका ७७ जिल्लाकै मानिसहरूका बसोबास रहेको छ । जम्मा १३ वटा वडा रहको यस नगरपालिकामा घनाबस्ती बिच धेरै मानिसहरू बसोबास रहेको छ । बुढानिलकण्ठमा पनि कोरोना संक्रमितको संख्या तिब्र रूपमा बढ्दै गएको हालैका परिक्षण रिपोर्टले देखाँउछ। शुक्रबार नगरपालिकाको कार्यालय हातामा र १० नं वडा कार्यालयमा स्वास्थ्यकर्मी र जनप्रतिनिधी तथा यस सम्बन्धी कामको अग्रिम मोर्चामा खटिहिँडेका स्ययंसेवकहरुको आरडिटी तथा पिसिआर परीक्षण गरिएको थियो । दुई दिनमा कुल ४ सय ६८ जनाको परीक्षण गरिएकोमा ३२ जनामा ९२३ जना पुरुष र ९ जना महिला० पोजेटिभ रिपोर्ट देखिएको थिया । ती ३२ जना समेतको स्वाब संकलन गरी पिसिआर परिक्षणको लागी केन्द्रिय प्रयोगशालामा पठाइको छ ।

विहिबार आरडिटी परीक्षणमा भेटिएका ११ जना संक्रमितहरूको चाहना अनुसार घरमै क्वाराइन्टेनमा बस्ने गरी स्वास्थकर्मिहरूले उच्च मनोबलका साथ सुरक्षित रहने तरिका संझाइ बुझाइ गरी छोडिएको छ । संक्रमितहरूले नियम पालना गरे त राम्रै होला । यदि गरेनन् भने त्यस्को परिणाम अकल्पनिय र दुखदायी हुने निश्चित छ। बेलैमा पिसिआरको रिपोर्ट नआउन्जेल पोजेटीभ भईसकेकाहरुको सम्पर्कमा रहेका पहिचान गर्न बाँकी मानिसहरुले कति जनालाइ संक्रमित बनाइसकेका हुन्छन भन्ने कुरा चन्द्रागिरि नगरपालिकाको मच्छेगाँउमा १ महिलाको उदाहरण लिन सकिन्छ । ती महिलामा आरडीटी रिपोर्ट पोजेटिभ देखिएको थियो । यसपश्चात पिसिआरको रिपोर्ट आँउदा सम्म ट्रेसिङ् गर्ने क्रममा २ दिनमा ४८ जना सम्मको सम्पर्कका पुगेको भेटिएको थियो । यसप्रकारले कस्रमा संक्रमण फेला परेमा अन्यको टे«सिङ र संक्रमित भएमा झनै समस्या पर्ने देखिन्छ । त्यति सहज हुने छैन।

म आफु जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा कार्यरत कर्मचारी भएको र कामको सिलसिलामा म तरकारी बजार सम्बन्धीत काम होस बा वजारमा बिभिन्न किसिमका अनुगमन जस्तो परिस्थीतिमा पनि निस्कीरहनु पर्ने र कार्यालय भित्रै पनि हामी कर्मचारीहरु जोखिम मोलेर धेरै मानिसहरुको संसर्गमा बारम्वार आइरहनु पर्ने भएको कारण शुभचिन्तकहरुको तथा अन्तरमनको सल्लाह अनुसार आफ्नो ननगरपालिकामा बिहान ११ वजे पुगेर सुरुमा आरडिटी परिक्षण गराएँ । तुरून्तै परिक्षणको नतिजा नेगेटिभ आयो खुसि लाग्यो। तर पिसिआर परिक्षण गर्न धेरै समय कुर्नु परेको अबस्थामा त्यहाको बाताबरण साह्रै असहज लाग्यो । भर्खरै प्राप्त परिक्षणको नतिजा नेगेटिभ पनि कतै पोजेटिभ हुने हो कि भन्ने पिर लाग्न थाल्यो र मन नमानेका कारण केहि शव्द कोर्न मन लागेकोले सानो प्रयास गरेको छु।यसलाइ मैले मानिस तर्साउन खोजेको होईन अझै सजग हुनुपर्ने सन्देश मात्र दिन खोजेको हो ।

मनमा लागेका कुराहरु :
१. स्वास्थ्यकर्मिहरु हाल काम गर्दा प्रयाप्त मात्रामा त के भनु न्युनतम मात्रामा पनि सुरक्षा सामाग्रिको अभावले गर्दा काम गर्न त्रसित भएको देखिन्थे।

२. परिक्षण स्थलमा स्वास्थ्यकर्मिहरु एउटै ग्लोभको भरमा काम गरिेरहेका,बिरामी परिक्षण गर्दा दिनभरि सबैलाइ एउटै कुर्सिमा बसाइयको ,आरडिटीको नतिजा पोजेटिभ भईसकेपछी पनी पिसिआर परिक्षण गर्दा सोही कुर्सिमा बसाई परीक्षण गरेको कारण जोखिम देखि मानिसहरु डराइरहेका बुझिन्थ्यो ।

३.आरडिटीको नतिजा पोजेटिभ भई सकेकाहरूलाइ सुरक्षित रूपमा एकिकृत रूपमा नराखेको ९आरडिटीको नतिजा पोजेटिभ भएका स्वास्थ्य क्षेत्रमा राम्रो काम ब्यबसाय गरि बसेका पनि आफ्नो कुरा अरुले थाहा नपाउन भनि मेयरको कार्यकक्ष सम्म सहजै आउजाउ गरीरहेको देख्दा मन दुखि हुन पुग्यो । संबेदनसिल अबस्था देखिएकाहरुबाट अरुलाइ क्षती पुग्दैन भन्न सकिदैन ।

४. नतिजा पोजेटिभ भईसकेकाहरूलाइ सुरक्षित रूपमा कराइन्टेन घरमा राख्नु पर्नेमा नराखी आफ्ना आफ्नै घरमा सुरक्षित रहने गरी पठाइएको कुरा बुझियो । पिसिआर को रिपोर्ट नआँउदा सम्म संक्रमण बढ्ने होकी भन्ने डर हुदैन ?

५. नतिजा गोप्य राख्नु भन्दा सार्वजनिक गर्दा बरु अरुलाइ पनि हौसला हुने र अन्य संक्रमित पत्ता लगाउन सहज होला । कोभिड–१९ को सङ्क्रमणको जोखिमबाट बच्न घरमा बस्नु र सही सुचना मात्र लिनु र अफवाहबाट बच्नु नै अहिलेको लागि उत्तम विकल्प हो ।