कोभिड-१९ का अनुसन्धानकर्ता चिनिया प्राध्यापकको अमेरिकामा हत्या
अमेरिका र चिनबीच कोरोनाको विषयले गम्भीर मतभेद र सितयुद्धको रुप लिएको बेला अमेरिकामा त्यसै विषयमा अनुसन्धानरत एक चिनियाँ प्राध्यापकको हत्या गरिएको छ ।
कोरोना भाइरस ९कोभिड–१९० को विषयमा अध्ययन गरिररहेका चिनियाँ प्राध्यापक बिङ लीको अमेरिकामा गोली हानी हत्या गरिएको फेला परेको हो । युनिभर्सिटी अफ पिट्सबर्गको स्कुल अफ मेडिसिन विभागका सहायक प्राध्यापक रहेका ३७ वर्षीय ली को शनिबार आफ्नै घरमा गोली हानी हत्या गरिएको प्रहरीले पुष्टि गरेको छ ।
स्थानीय प्रहरीका अनुसार मृतक बिङ लीको टाउको, छाती, हात खुट्टा र गर्दनमा गोली लागेको छ । प्रहरीका अनुसार उनको हत्या ४६ वर्षीय सफ्टवेयर इन्जिनियर हाउ गुले गरेका हुन् । प्रहरीले लिको हत्यापछि उनको हत्यामा संलग्न गु ले पनि आत्महत्या गरेको बताएको छ । प्रहरीका अनुसार बिङ ली र हाउ गु मिल्ने साथी थिए । उनले बिङको हत्या गरेर फर्किँदा हाउ गुले कारमा आत्महत्या गरेका हुन् । तर प्रहरीको यो भनाईलाई स्वतन्त्र रुपले पुष्टि गर्न बाँकी नै छ ।
बिङसँग काम गरिरहेका मानिसहरुका अनुसार बिङ कोभिड–१९ को विषयमा निकै महत्वपूर्ण खोजको नजिक पुगेका थिए । यस्तो अवस्थामा उनको हत्या भएको हो । बिङ लीले सिंगापुरमा स्नातक र पीएचडीसम्मको अध्ययन गरेर अनुसन्धानको लागि अमेरिका गएका थिए ।
चिनले अमेरिकाले नै कोरोना भाइरस बनाएर चिनमा पठाएको दावी गरिरहेको छ भने अमेरिकाले चिनले आफूले उत्पादन गरेको भाइरस भएको भन्दै आरोप लगाइरहेको छ ।
लि को हत्याकाण्डसँगै सामाजिक सञ्जालमा यस विषयमा विभिन्न अफवाह पैतिक्रियाहरु आएका छन् । बिङ लीको जनाजान अमेरिकामा हत्या गरिएको भनेर चिनका समर्थकहरुले धारणा सार्वजनीक गरिरहेका छन् अमेरिकाका समर्थकहरुले त्यसको खण्डन गरिरहेका छन् ।
चिनियाँ सामाजिक सञ्जाल वीबोका एक प्रयोगकर्ताले बिङ ली अमेरिकाको प्रयोगशालामा कोरोना भाइरस निस्किएको भन्ने पत्ता लगाउने नजिक पुगेको कारण उनको हत्या गरिएको बताएका छन् । यसअघि चिनियाँ अधिकारी र सरकारी सञ्चारमाध्यमले अमेरिकी सेनाले कोरोना भाइरस वुहानमा ल्याएर छाडेको आरोप लगाएका थिए ।
साथै धेरैले अमेरिकामा चिनियाँ नागरिकको सुरक्षाको विषयमा प्रश्न उठाएका छन् भने केहीले यो विषय निकै रहस्यमयी भएको बताएका छन् । जाँचकर्ताहरुले भने अहिलेसम्म बिङ लीको हत्याको सम्बन्ध कोभिड–१९ को अध्ययनसँग जोडिएको कुनै प्रमाण फेला नपरेको बताएका छन् ।
स्रोत- बीबीसी