
काेराेना त्रास : लकडाउन बैसाख १५ सम्म थप्ने मन्त्रीपरिषद निर्णय
विश्वव्यापी महामारीको रूपमा विस्तार भइरहेको काेराेनाकाे संक्रमण बढ्दै जाँदा सरकारले लकडाउनको अवधि वैशाख १५ गतेसम्मका लागि लम्ब्याएको छ ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठकले कोरोनाभाइरस संक्रमणको रोकथामका लागि लकडाउन बढाउने निर्णय गरेको हो ।
मन्त्रीपरिषद्को बैठकले अन्तर्राष्ट्रिय सीमा नाका वैशाख १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । एक मन्त्रीले मन्त्रीपरिषद् बैठकको निर्णयको जानकारी दिए ।
मन्त्रीपरिषद्ले यसअघि लकडाउनको लागि थपेको म्याद बुधबार, बैशाख ३ गते सकिदैछ ।
