
काेराेनाबाट असुरक्षित बन्दै काठमाडौं : सनसिटिबाट अस्पताल लगिएका २ जनामा काेराेना पुष्टि
नेपालकाे राजधानी काठमाडौं पनि काेराेना संक्रमणले प्रभावित देखिएकाे छ । विदेशबाट अाएका संक्रमितहरूका कारण असुरक्षित बन्दै गएकाे काठमाडौं लकडाउनकाे २१ अाैं दिनमा पेप्सिकाेलास्थित सनसिटि अपार्टमेन्टमा बसेका २ जनामा काेराेना पुष्टि भएपछि काठमाडौं थप असुरक्षित बनेकाे हाे ।
पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट अस्पताल भर्ना गरिएका दुइ जनामा कोरोना भाइरस -कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । एक जनाको अाज अबेर रिपोर्ट आएकाे थियाे ।
उनीहरु २८ दिनअघि बेलायतबाट फर्किएका थिए । सोमबार र्यापिड टेष्टका क्रममा एन्टीबडी पोजेभिट देखिएपछि पाटन अस्पताल भर्ना गरेर थ्रोट स्वाब संकलन गरिएको थियो ।
उनीहरुमध्ये दुई जना (छोरा र अामा) को रिपोर्ट बिहानै आएको थियाे, जसमा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकी एक (बुहारी ) को रिपोर्ट अपरान्ह आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ । उनकाे रिपोर्ट नेगेटिभ अाएकाे छ ।
सनसिटीमा पाँचवटा विल्डिङ छन् । अहिले कोरोना संक्रमण देखिएको परिवार ए बिल्डिङमा बस्दै आएका थिए ।
