
तत्काल कुनै पनि निरंकुशता वा अन्य व्यवस्था उदयकाे संभावना छैन – प्रचण्ड
सत्तारूढ दल नेकपाका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा तत्काल कुनै निरंकुशता, राजतन्त्र वा अन्य कुनै पनि व्यवस्थाकाे कुनै संभावना नभएको स्पष्ट पार्नुभएकाे छ ।
केही समय यता गणतन्त्रको विकल्पमा, राजनीतिक दलकाे विकल्पमा राजतन्त्र वा अन्य व्यवस्था स्थापनाका छलफल चलेकाे भन्ने विषयमा ईमेज च्यानलको प्रश्नमा जवाफ दिँदै उहाँले त्यसको कुनै गुन्जायस नभएको बताउनुभएको हाे ।
प्रचण्डले नेपाली जनताले ठूलाे बलिदानबाट परिवर्तन प्राप्त गरेकाे बताउँदै परिवर्तनको लागि लडेका शक्ति र दलहरूकाे थप एकता र सहकार्यकाे अावश्यकता रहेकाे बतनउनुभयाे ।
उहाँले काेराेनाकाे महामारीसँग लड्न त्यस्ताे एकता अावश्यकता भएको बताउँदै सरकारले जनताकाे अाधारभुत अावश्यकता पुुरा गर्न कुनै कसर बाँकी राख्न नहुने बताउनुभयो ।
प्रचण्डले काेराेना राेकथाम र नियन्त्रणमा सचेतना जगाउन र परिचालित हुन सम्पूर्ण पार्टी कार्यकर्तालाई निर्देशन दिँदै काेहि पनि संक्रमित वा अाशंकितलाई तत्काल क्वारेन्टाइन मा राख्नकाे लागि पहल गर्न निर्देशन दिनुभएको छ ।
