लकडाउन २०७७ बैसाख ३ सम्म थपियाे : अझै सावधानी अपनाउनुपर्ने

मूलखबर संवाददाता
काठमाडौं, २४ चैत

सरकारले वैशाख ३ गतेसम्म लकडाउन अवधि थप गर्ने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन अवधि लम्बाउने निर्णय गरेको हाेे ।
कोरोना भाइरसको जोखिम बढ्दै गएपछि सरकारले सो निर्णय गरेको हो। कोरोनाको संक्रमण दोस्रो चरणमा प्रवेश गरेको भन्दै सरकारले थप लकडाउन अवधि बढाएको हो।

गत शनिबार एकबाट अर्को व्यक्तिमा कोरोना संक्रमण नतिजा सार्वजनिक भएसँगै थप चुनौती थपिएको छ।
यसअघि सरकारले चैत ११ गतेदेखि  एक हप्ता लकडाउन गरेको थियो। त्यसपश्चात पनि चैत १८ गते थप एक हप्ता लकडाउन गर्ने घोषणा गरेको थियो।

लकडाउन नै काेराेना संक्रमण विस्तार राेक्ने उत्तम उपाय भएको पुष्टि भइसकेको छ ।