भाइरस के हो, कसरी आक्रमण गर्छ र कसरी बच्ने ?

मूलखबर संवाददाता
काठमाडौं, २७ फागुन ।

भाइरस एक असाध्यै सुक्ष्म संक्रामक कण या एजेन्ट हो। संक्रमण गर्नु पुर्ब यसले निर्जीवले जस्तै भुमिका खेल्दछ। जब यो जिबहरुको जिबित कोष भित्र छिर्दछ तब यस्ले उक्त कोषको प्रक्रियालाइ नै परिबर्तन गर्दछ र नयाँ जिबित कोषको रुपमा बदलिएर जिबलाइ संक्रमित गर्दछ ।भाइरसले सबै जनावर , रुख बिरुवा देखी ब्याक्टेरिया सम्मलाइ संक्रमण गर्दछ। भाइरसको बाहिरी तह प्रोटिनले घेरिने भएकोले जिबहरुका कोषहरु झुकिन्छ्न र यसलाइ प्रोटिन ठानेर निल्दा यो सिधै कोषको न्युक्लियस भित्रको DNA सम्म पुगेर त्यसलाइ रुपान्तरण गरि दिन्छ । अनि यो कोष संक्रमित बनेर कोष बिभाजन प्रक्रियाबाट धेरै बन्ने दिशा तिर जान्छ ।

अहिले सम्म भाइरस संक्रमणको उपचार छैन ।भाइरसको खोप मात्र संभब छ । मानिस लगायत अन्य जिब जिबात्मा शृष्टी हुनु पुर्ब देखी नै लाखौं किसिमका भाइरस यो ससारमा थिए । हामी यिनै भाइरस ब्याप्त संसार रुपि समुद्रमा जिबन रुपि जहाजमा यात्रा गरि रहेका हुन्छौं । यत्रो भाइरस रुपि शत्रुहरुबाट बचाउदै हामिलाइ जिबित बनाइ राख्ने प्रणाली हाम्रै शरिरमा रहेको हुन्छ । यो प्रणालीलाइ रोग प्रतिरोध प्रणाली भनिन्छ ।

रोग प्रतिरोध प्रणाली 

हाम्रो शरीर भित्र रहेको रोग प्रतिरोध शक्तिले नै हामिलाइ स्वस्थ र जिबित बनाइ राखदछ। हाम्रो शरिरर्को भित्र र बाहिर शत्रु ब्याक्टेरियाहरु , भाइरसहरु र परजीवीहरुले निरन्तर हमला गरि रहेका हुन्छन् । यो हमलाको प्रतिकार हाम्रो शरिर भित्रको प्रतिरोध शक्तिले निरन्तर प्रतिकार गरि रहेको हुन्छ।

हाम्रो शरिर भित्र रहेको कोषहरु र तन्तुहरुका बिशाल जालोले निरन्तर बाह्य आक्रमणकारीहरुको खोजी गरी रहेका हुन्छन र यदि कतै दुश्मनको उपस्थिति भएमा यिनले जटिल हमला गर्दछन । रोग प्रतिरोध प्रणाली पुरै शरिरमा फैलिएको हुन्छ र यसमा थुप्रै प्रकारका कोषहरु, अंगहरु, प्रोटिनहरु र तन्तुहरु सम्मीलित हुन्छ्न । मुख्य कुरो के हो भने हाम्रो शरिरको तन्तुले बाह्य तन्तुलाइ अथवा आफ्नो र पराइ सजिलै छुट्याउन सक्दछ । प्रतिरोध प्रणाली ले शरिर भित्र मरेका र काम नलाग्ने कोषहरुलाइ पनि सजिलै छुट्याउन सक्दछ । विशेष गरी प्रतिरक्षा प्रणालीमा हाम्रो रगतमा रहेको सेतो रक्त कोष ( WBC ) ले महत्वपुर्ण भुमिका निर्बाह गर्दछ। सेतो रक्त कोषलाइ “ल्युकोसाइट” पनि भन्दछ्न । हाम्रो शरीरको रगतको शिरा र धमनि को समानान्तर रहेका रगतका साना साना भेसलहरु र लिम्फ भेसलहरुमा सतो रक्त कोषहरु निरन्तर घुमिरहेका हुन्छ्न । यदि कतै रोगका कारक फेला पर्यो भने अन्य सेता रक्त कोषहरुलाइ शत्रु आएको सन्देश दिइ तुरुन्त जाइ लाग्ने काम गर्दछ्न । साथै सेतो रक्त कोषले हाम्रो शरीर भित्र कतै बाट रोग प्रबेश गर्ला भनेर हर बखत गश्ती गरि रहेको हुन्छ। यि सेता रक्त कोष शरिरको बिभिन्न अंगमा संचित भएर बसेका हुन्छन । जस्लाइ लिम्फोइड अर्ग्यान भनिन्छ। ति यस प्रकार छ्न ।

1) Thymus :– यो अंग हाम्रो घाटी र फोक्सोको बिच भागमा रहेको हुन्छ।
2)spleen :–यसले रगत छान्ने काम गर्दछ। यो अंग पेट्को माथिल्लो भागको देब्रे पट्टी रहेको हुन्छ।
3)Bone Marrow :— यो हड्डिको ठिक बिचमा भित्र पट्टी हुन्छ। यस्ले रातो रक्त कोष पनि निर्माण गर्ने काम गर्दछ ।
4) Lymph Nodes :- यो हाम्रो शरिरमा रहेको सानो अंग हो जुन शरीर भरी छरिएर रहेको हुन्छ। यो लिम्फ्याटिक भेसलसंग संबंधित छ।

सेतो रक्त कोषहरु मुख्य त निम्न 6 प्रकारका हुन्छ्न ।
1) Neutrophil=62%
2)Lymphocytes=30%
3)Monocytes= 5.3%
4)Esinophils=2.3%
5)Basophils=0.3%
6) अन्य=0.1%
बिशेष गरि कुनै पनि भाइरसले हाम्रो शरिरमा संक्रमण गर्दा Neutrophil ले भाइरसको विरुद्धमा ROS नामको बिषले आक्रमण गर्ने गर्दछ । यो बिषबाट हाम्रो शरिरको कोषलाइ बचाउनको लागी ढालको आबश्यक हुन्छ । यो ढालको काम भिटामिन C ले गर्दछ। त्यसैले भाइरस संक्रमण हुदा जति सक्दो धेरै भिटामिन C पाइने खाना खादा फाइदा गर्दछ।
भाइरस संक्रमणको उपचार नै रोग प्रतिरोध शक्तिलाइ बलियो बनाउनु हो । यसको अन्य उपचार नै छैन । प्रतिरोध शक्तिलाइ बलियो बनाउन निम्न उपाय अप्नाउनु पर्दछ।
1) आराम गर्नु पर्दछ।
2)बेला बेलामा तातो झोल पदार्थ खानु पर्दछ।
3)Vitamin D 10,000 iu प्रती दिन चाहिन्छ । यसको लागी घाम बस्ने ।
4)zinc 50 देखी 100 mg प्रती दिन लिनु पर्दछ । यो दुध मासु गेडागुडी मा पाइन्छ।
5) भाइरसको संक्रमणमा चिनी र कार्बोहाइड्रेड नखाने ।
6)Vitamin C >3000 mg प्रती दिन । अमला अम्बा स्याउ सुन्तला मा पाइन्छ।
7) Flavonoids > 200 mg प्रती दिन। हरियो खुर्सानी, प्याज, गोलभेडा
8)Vitamin A 10,000 – 20,000 iu प्रती दिन । पहेलो फलफुल
9) Vitamin E 800 iu प्रती दिन । काजु, बदाम
10) Vitamin B6 1000 mg प्रती दिन । भटमास माछा हरियो साग सब्जी।

भाइरस बाट बच्न अप्नाउनु पर्ने साबधानिहरु :—

1) हात साबुन पानी जस्मा अल्कोहल मिसिएको होस बेला बेला धुने ।
2)खोक्दा हाछिउ गर्दा नाक मुख कपडाले ढक्ने।
3)रुघाखोकी को लक्षण देखिएमा अरुको नजिक नजाने ।
4) माछा मासु अण्डा खानु छ भने राम्रो संग पकाएर मात्र खाने ।
5) रुघाखोकी लागेको बेला घर पालुवा वा जंगली जनावर वा पशु पंक्षिको नजिक नजाने नछुने ।

अहिले देखिएको कोरोना भाइरस कुनै नया होइन। यो पहिले देखि नै यो दुनियामा थियो । कुरो यो हो कि यो भाइरस पनि छ भन्ने कुरा अहिले थाहा पाए । अरु भाइरस जस्तै यो भाइरस संक्रमितको संम्पर्क पुगेका सबैलाइ नै संक्रमण हुन्छ भन्ने छैन। संक्रमण भएमा सबै मरि हालिन्छ पनि होइन । यो थाहा भएको करिब 100 दिन भयो । यो अबधिमा यो भुमन्डलिकृत पृथ्वीका करिब 0.003% मान्छेमा मात्र संक्रमण देखिएको छ भने संक्रमित को मुस्किलले 4% को मात्र मृत्यु हुने गरेको छ। पृथ्वी भुमन्डलिकृत नहुदै देखा परेका सरुवा रोग TB हेपाटाइटिस C प्लेग आदिका कारण यसले भन्दा कखियौ गुणा मान्छे मारेको थियो । अहिले हामी आत्तिनु र आतंकित भएर भाग दौड गर्न जरुरी छैन। हाम्रो आहार बिहार प्राकृतिक र सामाजिक बाताबरणका कारण पनि हामि कहाँ सजिलै यो कोरोनाले महामारी फैलन्छ भन्ने छैन । बिशेष गरि विकसित देशका नागरिकहरु जन्मे देखी प्रोसेसिङ खाना र सामान्य रोगमा पनि बिभिद रसायन वाला औषधिको अत्याधिक प्रयोगको कारण उनिहरुको रोग प्रतिरोध क्षमता असाध्यै कमजोर हुम पुगेका कारणपनि यि क्षेत्रमा covid-19को संक्रमणकाे संख्या उलेख्य बढेको हुन सक्छ। तर हाम्रो नेपालमा त्यस्तो बाताबरण छैन ।अनावश्यक आतंकित हुन जरुरी छैन ।