
काेराेनाबारे अाज सार्कस्तरिय भिडियो वार्ता हुने
दक्षिण एसियाली सहयोग संगठन (सार्क) राष्ट्रका प्रधानमन्त्री तथा कार्यकारी प्रमुखहरूबीच अाज आइतबार साँझ कोरोना भाइरस (कोभिड-१९)बारे छलफल हुने भएको छ ।
विश्वभर महामारीको रूप लिइरहेको कोरोनाविरुद्ध कस्तो रणनीति बनाउने भन्ने विषयमा सार्कमा आबद्ध ८ राष्ट्रका कार्यकारी प्रमुखहरूबीच भिडियो वार्ता हुने भएको हो ।
