नआत्तिऔं ! अरूजस्ताे महामारी हाेईन काेराेना ! हेराैं तथ्यांक

देवेन्द्र श्रेष्ठ
भक्तपुर

अहिले काेराेना भाइरस र यसकाे संक्रमण काेभिड १९ काे त्रासले विश्वभर अातंक खडा भएको छ । चिनकाे वुहान शहरबाट शुरू भएको याे भाइरसकाे संक्रमण ८० देशमा फैलिएको छ । चिनमा यसबाट करिबकरिब ३००० मानिसले ज्यान गुमाए भने अन्य देशमा अझै असर बढिरहेको छ । चिनमा यसका बिरामी निकाे हुँदै घर फर्कने क्रम तिव्र छ । विश्वभर ९४२३९ बिरामी संक्रमित देखिएकामा ५११८८ निकाे भएका पछिल्लो ६० दिनकाे रेकर्ड देखिएकाे छ । विश्पभर गरि ३२१९ जनाले यसबाट ज्यान गुमाएको देखिन्छ । याे संख्या केही बढ्ने संभावना छ ।

यसबाट धेरै अातंकित नहुन चिनले विश्वका सबै समुदायलाई अाग्रह गरेकाे छ । सन २०१५ काे तथ्यांकअनुसार फ्लुका कारण ६० दिनमा ७८०८३ ले ज्यान गुमाएका थिए । हेपाटाइटिसले २२३३३३ले ज्यान गुमाएका थिए भने एड्स, टिभि र मलेरियाबाट मर्नेको संख्या ५ लाख बढि रहेकाे थियाे ।

हेर्नुहाेस एक झलक-

बिश्वको जनसंख्या =7,76,84,14,310
कोरोनाबाट संक्रमित = 94,239
निको भएका= 51,188
सामान्य बिरामी = 33,057
एक्टिभ केश= 39,832
कृटिकल केश= 6,775
मृत्यु = 3,219
कोरोनाको यो तथ्यांक गत 60 दिन को हो ।

सन 2015 को बिश्वको तथ्यांक हेरौं ।अब
1)फ्लु को कारण मृत्यु= 4,68,500 करिब
60 दिनको = 78,083
2)हेपाटाइटिसका कारण मृत्युु = 13,40,000
60दिनको= 2,23,333
3) AIDS का कारण मृत्यु= 11,00,000
60दिनको= 1,83,333
4) TB को कारण मृत्यु = 14,00,000
60 दिनको = 2,33,333
5) मलेरियाबाट मृत्यु = 4,38,000
60दिनको = 73,000

हर साल infectious रोगका कारण करिब 1,70,00,000 जना मान्छेहरु यो संसारबाट बिदा हुन्छन ।

ल अब तपाईहरु नै भन्नुस कोरोना भाइरसको बास्तबिकता के हो ? र आतंक  किन ?

तस्बिर : we are china बाट